ताइवान मामिलामा अमेरिका र चीन* आमनेसामने भएको अवस्थामा त्यसको बाछिटा नेपालसम्म आउँछ कि आउँदैन भन्नेबारे कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ । चीन नेपालको निकट छिमेकी मुलुक हो भने अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुरानो भइसकेको छ । ती दुवै शक्ति राष्ट्रबीच द्वन्द्व बढेको अवस्थामा नेपाल त्यसबाट अछुतो रहन नसक्ने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका–चीन सम्बन्ध थप चिसिएको मात्र होइन, ताइवानको वर