सुर्खेत : जाजरकोटमा आर्थिक वर्ष वर्ष २०७८/७९ मा सुत्केरी हुन नसकेर ज्यान गुमाउने १७ मध्ये पाँचजना २० वर्षमुनिका छन्। बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजानिक नहुने गरेको पाइएको छ। बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक डरलाग्दो रहेको महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन्। शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी नआएको उनको भनाइ छ।