कानुनी उपचार कमजोर बन्दा रोकिएन बालविवाह

कालिकोट बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुन प्रभावकारीरूपमा कार्यान्वयन नहुुँदा बालविवाहको अन्त्य हुन सकेको छैन । महवै गाउँपालिकाको केन्द्र पद्मघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् । बालविवाह विरुद्ध साझा अभियान कालिकोटको सो कार्यक्रम गरेको थियो । कार्यक्रममा महावै गाउँपालिका–१ का अध्यक्ष नरेन्द्र शाहीले समाजमा अहिलेसम्म पनि बालविवाह अन्त्य हुन नसकेको बताउनुभएको […]

सम्बन्धित सामग्री

कर्णालीमा रोकिएन बालविवाह

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा सुत्केरी हुन नसकेर १७ जना महिलाको मृत्यु भएको छ। त्यसमध्ये पाँच जना २० वर्षमुनिका थिए। कर्णाली प्रदेशमा बालविवाहका कारण कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य शाखाकी कम्युनिटी नर्सिङ अधिकृत कविता खत्रीले बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको बताउनुभयो। उहाँले भन्नुभयो, “कर्णालीको मातृ मृत्युको तथ्याङ्क हेर्ने हो भने डरलाग्दो छ। शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन सकेको छैन।”