काठमाडाैं । चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गर्नुभयो । पन्ध्र वर्षका उमेरमा विवाह गर्नुभएकी उहाँको एक सन्तान जन्मिसकेको छ । पिपला अहिले १९ वर्षको पुग्नुभयो । तीन वर्षको छोराको स्याहारसुसार र घरायसी काममा नै उहाँको अहिले दैनिकी बित्ने गरेको छ । आर्थिक अभावका कारण खान लाउन धौधौ भएपछि […]