भारतमा कोरोना महामारीकै बीच विभिन्न प्रान्तमा विधानसभाको चुनाव भए पनि विजयी र्याली भने गर्न नपाइने भएको छभारतको निर्वाचन आयोगले मतगणनाका दिन आगामी मे २ मा राजनीतिक पार्टीहरूले विजयी र्याली निकाल्न नपाउने बताएको छ। साथै विजयी भएका उम्मेदवारहरू पनि निर्वाचन आयोगमा प्रमाणपत्र बुझ्न जाँदा एक्लै जानुपर्ने भएको छ। आयोगले देशमा बढेको कोरोना संक्रमणका कारण यस्तो निर्णय गर्नुपरेको बताएको छ। हाल भारतमा चार राज्य तथा एक केन्द्रशासित प्रदेशमा विधानसभा निर्वाचन भएको थियो।यी सबै ठाउँको मतगणना आगामी