लमजुङको घलेगाउँ ‘सुखीगाउँ’ घोषणा हुने

स्मार्ट भिलेज अवधारणासहित अघि बढेको सार्क राष्ट्रकै नमुना लमजुङको ग्रामीण पर्यटकीय घलेगाउँ अब सुखीगाउँ घोषणा हुने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी घलेगाउँलाई सुखीगाउँ घोषणा गर्न लागिएको जनाएको हो ।व्यावसायिक पर्यटन सुरु गरेको २० वर्षपछि स्थानीय आफैंले सुखीगाउँ घोषणा गर्न लागेका हुन् । २०५७ सालबाट ग्रामीण पर्यटनको कदम चालेको […]

सम्बन्धित सामग्री

पर्यटकले भरिँदै घलेगाउँ, होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ !

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘पर्यटक वृद्धि हुँदा घरबास सञ्चालक यतिबेला उनीहरूको सेवामा व्यस्त भइरहेका छन् ।’  पर्यटक आगमन हुँदा आम्दानीसमेत भइरहेको घरबास सञ्चालकको भनाइ छ । यहाँ पर्यटकीय याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । घरबास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘यतिबेला पर्यटक आगमन हुँदा यहाँका घरबास सञ्चालकलाई दुईचार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ ।’ पर्यटकले भरिभराउ हुन थालेसँगै घलेगाउँ घरबासका सञ्चालक हर्षित भएका छन् ।  विसं २०५७ देखि सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सञ्चालनमा छन् । तीन सय जना पर्यटक एक रातमा बास बस्न सक्ने छन् । साथै यहाँ दुई वटा होटलसमेत सञ्चालनमा छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कार सँगसँगै आफ्ना कला, वेशभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।  विसं २०६२/०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । यस गाउँमा करीब एक सय ३५ घरधुरी छ ।  यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देखिन्छ ।   यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायतको परिकार खुवाउने गर्दछन् ।  घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ ।  पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ ।  पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।  यस गाउँमा पैदलयात्रा गरेमा करीब ६ घण्टा समय लाग्छ । काठमाडौंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । रासस

ओलीद्वारा घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा

लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको दक्षिण एसियाकै नमुना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको पर्यटकीय यस गाउँलाई आज शुक्रवार एक कार्यक्रमबीच उहाँले सुखी गाउँ घोषणा गर्नुभयो ।हेलिकप्टरबाट घलेगाउँ आउनुभएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेजका रूपमा घलेगाउँ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरूका लागि पनि उदाहरणीय बनेको...

आज घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरिँदैः अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ। घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्ने कार्यक्रम तय भएको बताए।...

घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने

लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ ।स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले बताए । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)

वैशाख २ गते घलेगाउँलाई सुखी गाउँ घोषणा गरिने

२०४० को दशकसम्म घलेगाउँ दुर्गम पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो । ग्रामीण पर्यटनको विकासबाट घले गाउँलाई आत्मनिर्भर बनाउन २३ वैशाख २०५७ प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरवास (होमस्टे) सुरुवात गरिएको हो । फागुन २०६४ मा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज) का साथै १७ मंसिर २०७६ मा  स्मार्ट भिलेज घोषणा गरिएको थियो । घले गाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ । अब घलेगाउँ यतिले मात्र परिचित छैन

घलेगाउँ-अब ‘सुखी गाउँ’, एमाले अध्यक्ष ओलीले घोषणा गर्ने

लमजुङ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । अब स्मार्ट भिलेज घलेगाउँलाई ०७९ वैशाख २ गते ‘सुखी गाउँ’को रुपमा घोषणा गरीने घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । पूर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले वैशाख २ गते घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ […]

घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।  स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा घोषणा गरिने बताए ।२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियो ।  स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्य

घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै

पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँ अहिले स्मार्ट भिलेजका रूपमा परिचित छ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ मा पर्ने समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना...

घलेगाउँ र सिरुबारी उत्कृष्ट होमस्टे

बेसीसहर : सार्क राष्ट्रको नमूना लमजुङको घलेगाउँ र नेपालकै पहिलो होमस्टे गाउँ स्याङ्जाको सिरुबारीलाई उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गर्दै पुरस्कृत गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त

घलेगाउँ र सिरुबारी उत्कृष्ट होमस्टे - Naya Patrika

सार्क राष्ट्रकै नमुना लमजुङको घलेगाउँ र नेपालकै पहिलो होमस्टे गाउँ स्याङ्जाको सिरुबारीलाई उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित...पूरा पढ्नुहोस् »