लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको दक्षिण एसियाकै नमुना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको पर्यटकीय यस गाउँलाई आज शुक्रवार एक कार्यक्रमबीच उहाँले सुखी गाउँ घोषणा गर्नुभयो ।हेलिकप्टरबाट घलेगाउँ आउनुभएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेजका रूपमा घलेगाउँ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरूका लागि पनि उदाहरणीय बनेको...