२०४० को दशकसम्म घलेगाउँ दुर्गम पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो । ग्रामीण पर्यटनको विकासबाट घले गाउँलाई आत्मनिर्भर बनाउन २३ वैशाख २०५७ प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरवास (होमस्टे) सुरुवात गरिएको हो । फागुन २०६४ मा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज) का साथै १७ मंसिर २०७६ मा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घले गाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ । अब घलेगाउँ यतिले मात्र परिचित छैन