नेपाल प्रहरीको आईजीपी बन्नका लागि भारतीय दूतावास धाउने नेपालका प्रहरी अधिकारीलाई के–कस्तो कारबाही हुनुपर्ला ? यस्तो घटनामा राज्यले केही नभएजस्तो गरेर बस्न मिल्छ कि मिल्दैन ? नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेले हालै एक पुस्तकमा नेपाल प्रहरी संगठनको बेइज्जती र मानमर्दन हुने प्रसङ्ग उल्लेख गरेपछि यस्तो प्रश्न उब्जिएको छ ।प्रहरी महानिरीक्षकको दौडमा रहेका चारजना प्रहरी अधिकारीहरूले इण्डिया हाउसमा आफूसँग बेग्लाबेग्लै भेट गरेको पूर्व राजदूत रेले आफ्नो पुस्तक ‘काठमाडौँ डिलेमा रिसेटि