सेयर कारोबार चार दिनलाई बन्द

काठमाडौँ– शुक्रबार र शनिबार सेयर बजारमा नियमित बन्द तथा आइतबार र सोमबार सार्वजनिक बिदा परेका कारण चार दिन सेयर कारोबार बन्द हुने भएको छ। आइतबार जनैपूर्णिमा तथा सोमबार गाईजात्राको बिदा परेका कारण दुई दिन सेयर बजार बन्द हुने भएको हो। साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १८ अंकले घटेसँगै सेयर बजार […]

सम्बन्धित सामग्री

आज सेयर कारोबार नहुने, यस्तो छ कारण

बिहीबार धितोपत्र (सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो ।  सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन सेयर बजार पनि बन्द रहनेछ ।आज सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन समेत रहेकाले अब एकैपटक आइतबार मात्र बजार खुल्नेछ ।  गत बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको छ । जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सेयर कारोबार बजार खुलेको सुरुमै सकारात्मक

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सेयर कारोबारको सुरुवात सकरात्मक देखिएको छ। कारोबार सुरु भएको केही मिनेटमै सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार यो अवधिमा ६.३७ अंकले बढेर नेप्से परिसूचक २ हजार ५ सय ७७.१८ विन्दुमा उक्लिएको छ। सेयर बजार ०.२५ प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार छ सय ७७.१८ विन्दुमा उक्लिएको हो। यस […]

इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै दुई कम्पनीको हाल (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का […]

सेयर कारोबारमा चलखेलको आंशका

नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा चलखेल भएको आशंकामा ५१ वटा कम्पनीको सेयर कारोबारको छानबिन सुरु गरेको छ । बोर्डले जोखिमयुक्त संस्थाहरूको नाम सार्वजनिक गर्दै उनीहरूको कारोबारबारे विस्तृत अध्ययन सुरु गरेको हो ।बोर्डले एक वर्ष अवधिमा तीन सय प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यसभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर […]

पौने १५ अर्बको सेयर कारोबार, जलविद्युतका लगानीकर्ता मालामाल

आइतबार सेयर कारोबार रकम अहिलेसम्मकै उच्च भएको छ। यस दिन १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्जले माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट (बिहिबार) सेयर कारोबार हुनेछ । नेप्सेका अनुसार विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालू आव २०७७–७८ को पुस मसान्तसम्मको वित्ती

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

२६ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट […]