आज ३८४ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३८४ बालबालिका कोरोना संक्रमित भएको जनाएको छ। संक्रमितमध्ये ७.७९ प्रतिशत संख्या बालबालिकाको रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। संक्रमित मध्ये ९ वर्षसम्मका ८९ र १० देखि १९ वर्षसम्मका २९५ जना छन्। हिजो ४१६ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सम्बन्धित सामग्री

नक्साल र सिफल बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंस्थित नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १० जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । नेपाल बाल संगठनअन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामध्ये ५ वर्ष माथिका केही बालबालिकामा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । बाल संगठनकी अध्यक्ष विद्या […] The post नक्साल र सिफल बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

एकैदिन १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि

न्युज अफ नेपाल, हेटौंडा । हेटौंडामा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ बालबालिका र २ जना ज्येष्ठ नागरिक छन् । यति धेरै संख्यामा बालबालिकामा एकसाथ कोरोना देखिएको हेटौंडामा यो पहिलो हो । हेटौंडा वडा नम्बर–४ मा सबभन्दा धेरै २५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ४५ महिला छन् । […]

पछिल्लो चौबीस घण्टामा ५०६ जना बालबालिकामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशभर ५०६ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार संक्रमित हुनेमा ९ वर्ष मुनिका १ सय ३९ जना र १० देखि १९ वर्षका ३६७ जना रहेका छन्। बिहीबार ३८४ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै, बुधबार यो संख्या ४१६ रहेको थियो।

कोरोना संक्रमण हुने बालबालिकाको संख्या निरन्तर बढ्दै

काठमाडौं। बालबालिकामा कोरोना संक्रमण दर निरन्तर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्ला ६ दिनमा कूल १ हजार ९६९ जना बालबालिकामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। मन्त्रालयकाअनुसार वैशाख १० गते २५३, ११ गते २४०, १२ गते ३४०, १३ गते ३३६, १४ गते ३८४ र १५ गते ४१६ जना बालबालिकामा कोरोना संक्रमण भएको छ।

एक सातामा १ हजार ८७७ बालबालिकामा कोरोना सङ्क्रमण

काठमाडौं। पछिल्लो एक साता (वैशाख ७ देखि १३)मा देशभर एक हजार ८७७ जना बालबालिकामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। आज मात्रै देशभर १९ वर्षभन्दा मूनीका ३३६ जना बालबालिकमा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो एक सातामा ९ वर्षसम्मका ३८५ र १० देखि १९ वर्षसम्मका एक हजार ४९२ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

आज एकैदिन ३४० बालबालिकामा कोरोना संक्रमण

काठमाडौं। एकैदिन नेपालभित्र ३४० जना बालबालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा ती बालबालिकामा संक्रमण रहेको पाइएको हो। उक्त अवधिमा ९ वर्षसम्मका ६२ र १० देखि १९ वर्षसम्मका २७८ बालबालिकामा कोरोना संक्रमण रहेको पाइएको छ। आज पुष्टि भएका कूल संक्रमितमा करिव ११ प्रतिशत बालबालिका रहेका छन्।

एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण

७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् । यसअघि सोमबार ९८ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो […]

'बालबालिकामा कोरोना बढ्यो, घर बाहिर नलैजानू'

काठमाडौं : बालबालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको हुँदा उनीहरूलाई अतिआवश्यक परे मात्र घर बाहिर लैजान बाल रोग विशेषज्ञ चिकित्सक संगठन नेपाल पेडियाट्रिक सोसाइटीले  आग्रह गरेको छ।सोसाइटीले आज एक विज्ञप्ती निकाल्दै बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको हुँदा बालबालिकालाई सकभर घरभित्रै राख्न र बाहिर निस्कनै परे जनस्वास्थ्यको मापदण्ड पालना गर्न अभिभावकलाई आग्रह गरेको छ।सोसाइटीले जारी गरेको अपिलमा भनिएको छ – अतिआवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान

बालबालिकामा कोरोना संक्रमण बढ्दो, एकैदिन ११२ जनामा संक्रमण देखियो

काठमाडौं। नेपालभित्र पछिल्ला दिन कोरोना संक्रमण हुने बालबालिकाको संख्या बढ्दै गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालभित्र ११२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ९ वर्ष मुनिका २१ जना र १० देखि १९ वर्षका ९१ जना छन्। शनिबार यो संख्या ८९, शुक्रबार ८१ र बिहीबार ५२ रहेको थियो।

बिहीबार ५४ बालबालिकामा कोरोना पुष्टि, मन्त्रालयले भन्यो- विद्यालय बन्द गर्नू

काठमाडौं : पछिल्लो समय विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले सिसिएमसीलाई विद्यालय बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्।उनले थाहाखबरसँग टेलिफोन संवादमा भने,'संक्रमणदर बढेकोले विद्यालयका बालबालिकालाई भौतिक रूपमा उपस्थित नगराई भर्चुअल माध्यमबाट पढाउनलाई भनिसकेका छौँ।'विभिन्न समयमा सम्बन्धित निकायलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक गतिविधि अपनाउन आग्रह गरिएको उनले जानकारी दिए। अधिकारीले भने,'यसअघि  बालब