'बालबालिकामा कोरोना बढ्यो, घर बाहिर नलैजानू'

काठमाडौं : बालबालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको हुँदा उनीहरूलाई अतिआवश्यक परे मात्र घर बाहिर लैजान बाल रोग विशेषज्ञ चिकित्सक संगठन नेपाल पेडियाट्रिक सोसाइटीले  आग्रह गरेको छ।सोसाइटीले आज एक विज्ञप्ती निकाल्दै बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको हुँदा बालबालिकालाई सकभर घरभित्रै राख्न र बाहिर निस्कनै परे जनस्वास्थ्यको मापदण्ड पालना गर्न अभिभावकलाई आग्रह गरेको छ।सोसाइटीले जारी गरेको अपिलमा भनिएको छ – अतिआवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान