बेमौसमी वर्षाका कारण ओखलढुंगामा धान, कोदो र फापरमा क्षति, उत्पादनमा कमी हुने
बेमौसमी वर्षा का कारण ओखलढुंगाका विभिन्न स्थानमा धान, कोदो र फापरबालीमा क्षति पुगेको छ । गत सोमबारदेखि बुधबार सम्म निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुगेको हो ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा कृषि उत्पादन २.३० प्रतिशतले वृद्धि भएको जनाएको छ। अघिल्लो वर्ष कृषि क्षेत्रको उत्पादन २.८५ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७८/७९ मा बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएकोले कृषि क्षेत्रको उत्पादनको वृद्धिदरमा केही कमी आएको बुझाई राष्ट्र बैंकको छ।
पर्वत– बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताए । असारको सुरुआततमै रोपिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला […]
पर्वत : लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ।वार्षिक झण्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकोमा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन्।असारको सुरुवातमै रोकिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फुल लाग्ने बेला वर्षाले असर गर्ने उनले बताइन्।भारी वर्षा हुँदा धानमा लागेको फुल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा
तनहुँ । तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६।४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यस वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताए । जिल्लामा १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो ।
गतवर्ष १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले बताएको छ । बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यो वर्ष धान रोप्नेबित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो,’ उनले भने, ‘अर्काेतर्फ वर्षेनि धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदै छ ।’
गाउँका टारीखेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ । राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रूपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको प्रमुख तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा विक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।’ सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने प्रमुख तिवारीको भनाइ छ ।
यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ । कार्यालयका अनुसार यस वर्ष ६ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा १६ हजार ८९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ । गतवर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, व्यास नगरपालिकास्थित शेराफाँट, बाह्रबिसे, साँगे, तनहुँसुर, भानु नगरपालिकास्थित सेपाबगैंचा, कलेस्ती, पुर्काेट, घिरिङ गाउँपालिकास्थित गजरकोटको अत्रौली, आँबुखैरेनी लगायतका फाँटमा धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मन्सुली, मकवानपुरे, रामधान सुक्खा १, सुक्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् । रासस
तनहुँ । तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६।४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यस वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताए । जिल्लामा १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो ।
गतवर्ष १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले बताएको छ । बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यो वर्ष धान रोप्नेबित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो,’ उनले भने, ‘अर्काेतर्फ वर्षेनि धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदै छ ।’
गाउँका टारीखेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ । राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रूपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको प्रमुख तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा विक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।’ सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने प्रमुख तिवारीको भनाइ छ ।
यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ । कार्यालयका अनुसार यस वर्ष ६ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा १६ हजार ८९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ । रासस
यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत असोज र कात्तिकमा परेको बेमौसमी वर्षाका कारण धान उत्पादन घटेको हो ।कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यस वर्ष १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ भएकोमा उत्पादन ५१ लाख ३० हजार टन भएको छ । गत आवमा ५६ लाख २१ हजार ७ सय […]
कात्तिकको पहिलो साता बेमौसमी वर्षा र वर्षाका कारण आएको बाढीले पसाउन लागेको धान बालीलाई क्षति पुर्याएकाले धान उत्पादनमा कमी आएको प्रदेश कृषि निर्देशनालय विराटनगरका कृषि अर्थविज्ञ नेत्रमणि काफ्लेले बताए।...
धनकुटा : झिलिमिलीको चाडको रुपमा चिनिने तिहार आउन केही दिन मात्र बाँकी छ। तिहारको आगमनसँगै धनकुटाका गाउँघर ढकमक्क फूलले सजिएका छन्। दशैंलगत्तै गाउँघर फुलेको फूलले गाउँघर ढकमक्क भए पनि कात्तिक पहिलो साता आएको बेमौसमी झरीले फूल कुहिन थालेको छ।जसका कारण तिहार लक्षित फूल खेती गर्दै आएका धनकुटाका किसानले यस वर्ष फूल बिक्रीबाट सोचे जस्तो आम्दानी लिन नसक्ने भएका छन्। धनकुटा नगरपालिका-३ सिप्तीङका किसान राजेन्द्र राईले विगतका वर्षहरूमा तिहारको समयमा फूल बिक्री गरेर ६ महिनाको लागि परिवारको सबै खर्च जुटाउँद
६ पुस, बारा । यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ ।
समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।
साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण बाढीले धानखेतीमा केही क्षति पुगे पनि उत्पादनमा कमी नआएको साहले बताए। …