काठमाडौं : विदेशमा रहेका नेपालीले समेत खरिद गर्न पाउने व्यवस्थासहित राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री खुला गरेको छ। नागरिक बचतपत्रको आवदेन अनलाइनमार्फत गर्न सकिने व्यवस्था भएसँगै विदेशमा रहेका नागरिकले पनि उक्त बचतपत्र खरिद गर्न सक्ने छन्। यसअघि आवश्यक कागजातसहित भौतिक रूपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपाली नागरिक बचतपत्र किन्नबाट वञ्चित थिए। आजदेखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ। यद्