किसानसँग अनुदान सम्झौता

तनहुँ । नेपाल लाइभस्टक सेक्टर इन्नोभेशन विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराले तनहुँका २३ पशु फार्मका किसानलाई अनुदानमा आर्थिक सहयोग गर्न लागेको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित अनुदान कार्यक्रमअन्तर्गत १५ निजी फार्म र आठवटा समूह, सहकारी र संघमार्फत बढीमा रु. ८६ लाख ६० हजारसम्म अनुदान प्रदान गर्न लागेको हो । निजी फार्मतर्फका १५  मध्ये १० वटा बाख्रा फार्म र पाँचवटा दुग्ध फार्मका किसानहरूलाई अनुदान प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिए । फार्म सञ्चालकले काम गरेको प्रगतिका आधारमा तीन चरणमा गरी किसानलाई रकम भुक्तानी गर्ने प्रावधान रहेको उनले बताए । उक्त कार्यक्रममा २० प्रतिशत फार्म सञ्चालकको लगानी, ३० प्रतिशत बैंकको ऋण र ५० प्रतिशत अनुदान प्रदान गरिने सो कार्यालयले जानकारी दिएको छ । पशुपालनतर्फ सबैभन्दा ठूला अनुदान रकम पाउनेमा जिल्लाको भिमाद नगरपालिकास्थित सूर्योदय कृषक समूह रहेको छ । उक्त फार्मले रु. ८६ लाख २५ हजार अनुदान पाउनेछ । त्यसैगरी आँबुखैरेनीको छिम्केश्वरी बाख्रा समूहले रु. ४८ लाख ३४ हजार, शुक्लागण्डकी नगरपालिकाको शुक्ला गण्डकी कृषि पर्यटन सहकारी संस्थाले रु. ४९ लाख ६४ हजार, आँबुकै मस्र्याङ्दी बहुउद्देश्यीय सामूहिक संस्थाले रु. ७५ लाख, म्याग्दे गाउँपालिकाको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले रु. ३५ लाख ६० हजार, घिरिङको शालिकराम बाख्रा फार्मले रु. ३० लाख ९३ हजार अनुदान रकम प्राप्तिका लागि प्रक्रियामा रहेका छन् । रासस

सम्बन्धित सामग्री

भारत सरकारको अनुदान सहयोगका चार परियोजना सम्झौता

भारत सरकारको अनुदान सहयोगका विभिन्न चार परियोजनामा सम्झौता सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो । ती परियोजनाको...

अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक

सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्ममा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग करिब डेढ खर्ब रुपैयाँ ऋण र अनुदान लिने सम्झौता गरेको छ । पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार बढिरहेका बेला चालु आवको पुस मसान्तसम्ममा सरकारले विदेशी मुलुक र संस्थाहरुसँग १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग सम्झौता गरेको हो । अर्थ मन्त्रालयले पुस […]

नेपाललाई जापानले दियो १६अर्ब बढी ऋण तथा अनुदान सहायता

काठमाडौँ । जापान सरकारले नेपाललाई १६अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ । पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु.२ अर्ब) अनुदान सहायता बराबरको सम्झौता भएको हो । सोही अवसरमा सहरी […]

सम्झौता अनुसारको कृषि अनुदान दिन माग

झापाका किसानहरुले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुुसार काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् ।अदालतले निजी फर्म र कम्पनी आयोजनाको सम्झौताअनुरुपको लक्षित वर्गभित्र नपर्ने र सोहीबमोजिम भुक्तानी रोक्का राख्नु भनी जारी भएको अन्तरिम आदेशको उनीहरुले विरोध गरेका हुन् ।पीडित किसान संघर्ष समितिले आइतबार […]

एमसीसी परियोजना : सम्झौता हो कि सन्धि ?

१० फागुन, काठमाडौं । अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नेपाल कम्प्याक्ट सम्झौता हो कि सन्धि ? यो प्रश्न सर्वोच्च अदालत पुगेको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दाबी गर्दै रिट निवेदन पेश गरेका हुन् । भियना अभिसन्धि र सन्धि ऐन अनुसार सम्झौतालाई सन्धिको मान्यता दिन […]

एक वर्षपछि घर निर्माणका लागि सम्झौता

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनः स्थापना गर्न निजी आवास पुनः निर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ । विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन हिजो (आइतबार) पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो । […]

ब्याज अनुदानका लागि ग्लोबल बैंकसँग सम्झौता

कर्णालीका कृषकलाई सहुलियत कर्जा र ब्याजमा अनुदान उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ।...

पुनर्निर्माणका लागि ८ लाख २९ हजार ६६७ जनाले गरे अनुदान सम्झौता

काठमाडौं।पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले हालसम्म निजी आवास पुनर्निर्माणका लागि ८ लाख ६६ हजार १६०लाभग्राही पहिचान भएको जनाएका छन्।जसमध्ये ९५.७८ प्रतिशत अर्थात् ८लाख२९ हजार ६६७ ले अनुदान सम्झौता गरेका छन्।सम्झौता गरेकामध्ये ९९.८९प्रतिशतले पहिलो, ९०.४५ प्रतिशतले दोस्रो र ८४.७७ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन्।अनुदान सम्झौता गरेकामध्ये ७ लाख ५८ हजार ९७३ अर्थात् ९१.४६ लाभग्राहीले घर निर्माण कार्य सुरु गरेका छन्।

कात्तिक मसान्तभित्र निजी आवासको अनुदान लिइसक्नुपर्ने

८ लाख ५८ हजार २८२ जना पुनर्निर्माणका लाभग्राही निक्र्योल भएका छन् । बिहीबारसम्म पुर्ननिर्माणका लाभग्राहीको संख्या ८ लाख ५८ हजार पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । जसमध्ये ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६७० (९९.७६ […]