कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसाका प्रभावितलाई अल्पकालीन आश्रमसहितको सेवा केन्द्र सञ्चालनका लागि बिना प्रतिस्पर्धा गैरसरकारी संस्थालाई रकम दिने भएको छ। हिंसाबाट प्रभावित महिलालाई सहयोग पुर्याउन भन्दै सामाजिक विकास मन्त्रालयले ६ जिल्लाका गैरसरकारी संस्थालाई रकम दिने निर्णय गरेको हो।