काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । यसअघि प्रस्ताव गरिएको ३८ दशमलव ५५ प्रतिशत बोनस शेयर संशोधन गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ । अब यसले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख बराबरकोे ३४ दशमलव ४५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंक र कम्पनीकोे आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।