चर्चाको केन्द्रमा निजगढ : वातावरण कि विकास !

झण्डै २८ वर्षदेखि सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया त सुरु भयो तर, विवादरहित हुन भने सकेन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई हालै सर्वोच्च अदालतको आदेशले निर्माण प्रक्रिया अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गित भएको छ । सर्वोच्च अदालतको पूर्ण फैसला आइसकेको छैन । विमानस्थल निर्माणलाई लिएर वातावरण कि विकास भन्ने बहस चुलिएको छ । देशको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आ

सम्बन्धित सामग्री

विकास आयोजनामा वातावरण

निजगढ विमानस्थल निर्माणका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनका बारेमा भएका विवादले विमानस्थल निर्माण र सञ्चालन चरणमा सुरक्षण प्रदान गर्न सक्दैन भन्ने आधारमा सरकारले यसको पुनः मूल्याङ्कन गर्दै छ । नेपाल विद्युत् प्राधिकरणले कुश्मा न्यु बुटवलसम्मको प्रसारण लाइनको निर्माण तथा सञ्चालनको अवस्थामा प्रारम्भिक वातावरणीय परीक्षणले भनेबमोजिम कार्य गर्दा पनि निर्माण समयमा देखिएका समस्याले आयोजना सञ्चालन तथा निर्माण अवधि बढ्ने भएको छ । यो विषय पूर्वाधार निर्माणका प्राथमिक तत्वभन्दा पनि सहयोगी तìव हुन् तर यसको उचित र यथार्थपरक सम्बोधन नहुँदा समग्र आयोजना निर्माण तथा सञ्चालनमा व्यवधान आउँछन् ।

गौतमबुद्ध र पोखराबाट पाठ सिक्न सुझाव

काठमाडौं। सरकार, राजनीतिक दल र पूर्वाधार विज्ञले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्रै अब अन्तरराष्ट्रिय उडान धान्न सम्भव नहुने भन्दै सरोकारवालाहरूले विमानस्थल निर्माणमा एक मत राखेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, विभिन्न दलका सांसद, पूर्वमहानिर्देशकका साथै पूर्वाधार विज्ञले निजगढको विकल्प नभएको बताएका छन् । २५औं वार्षिकोत्सवको अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भने, ‘अबको ५ वर्षपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले अहिलेको भार थेग्न सक्दैन । निजगढ विमानस्थल बनाउने स्वीकृति मन्त्रिपरिषद्बाट पारित भइसकेको छ ।’ निजगढ विमानस्थल बनाउन जरुरी रहेको पनि उनले बताए । नेपाली कांग्रेसका सांसद् उदयशमशेर राणाले सञ्चालनमा रहेका दुईओटा गौतमबुद्ध र पोखरा विमानस्थलबाट पाठ सिकेर निजगढ विमानस्थल बनाउनुपर्ने बताए । ‘यी दुई विमानस्थल बनेर पनि चल्न सकेनन्,’ राणाले भने, ‘निजगढ बनाउँदा भारतसँग एयर रूट एयर स्पेस, व्यावसायिक मोडालिटीलगायत विषयमा गहन अध्ययन गरौं ।’  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनीष झाले निजगढलाई चर्चाको विषय मात्रै बनाउन नहुने बताए । आयोजनाको चर्चाले जग्गाको भाउ मात्रै बढाएको भन्दै उनले भने, ‘अध्ययन, अनुसन्धानमा पनि लगानी गर्न आवश्यक हुन्छ ।’  उक्त कार्यक्रमका प्रमुख वक्ता प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाले ३० वर्षअघि नै निजगढ विमानस्थलको पहिचान भइसके पनि अहिलेसम्म अघि नबढेको बताए । पूर्वाधार विकास गर्दा रूख काटियो, वातावरण बिग्रियो भनेर धेरै विरोध गर्न नहुने उनको भनाइ छ । ‘अहिले सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा विमानस्थल नाम मात्रैका छन्,’ देउजाले भने, ‘निजगढको विकल्प छैन भने प्राधिकरणको तयारी पनि कम भयो ।’ अहिले उद्घाटन भएका विमानस्थलमा धेरै ट्राफिक नभएको तर यसका लागि २/३ वर्ष समय लाग्ने उनको भनाइ छ । अन्तरराष्ट्रिय उडान नभएका ती विमानस्थलमा चार्टर्ड उडानलाई प्रोत्साहन गर्ने नीति आवश्यक भएको पनि देउजाले बताए ।  अहिले १०–१२ लाख पर्यटक आउँदा नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले थेग्न नसक्ने भएकाले पर्यटकको बढ्दो आगमनलाई ध्यान दिएर पनि निजगढ बनाउनुपर्नेमा सरोकारवालाले जोड दिए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ विमानस्थलको विकल्प नभएको बताए । निजगढलाई नै राखेर सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा जाने पनि उनले बताए । ‘गौतमबुद्ध र पोखरा विमानस्थल वित्तीय रूपमा अक्षम भन्न मिल्दैन,’ अधिकारीले भने, ‘ऋण छ भनेर विमानस्थल नबनाउने कुरा हुँदैन, प्राधिकरणले ऋण तिर्न सक्छ, यात्रुले अन्तरराष्ट्रिय सेवा पाउनुपर्छ ।’

निजगढ काठ काट्ने परियोजना हो, रुख कटान भएपछि विमानस्थल बन्दा पनि बन्दैन (भिडियो)

राष्ट्रिय समाचार समितिमा रहेर लामो समय पत्रकारिता गरेका कृष्णप्रसाद सिग्द्याल नेपाल वातावरण पत्रकार समूहका संस्थापक अध्यक्ष हुन् । वातावरण संरक्षण परिषद्, राष्ट्रिय विकास परिषद्जस्ता नीतिगत संस्था एवं आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) जस्ता प्राज्ञिक संस्थामा आबद्ध रही काम गरेका सिग्द्यालका ‘नेपाल : छिमेक र विश्व’, &ls...

निजगढ काठ काट्ने परियोजना हो, रुख कटान भएपछि विमानस्थल बन्दा पनि बन्दैन (भिडियो)

राष्ट्रिय समाचार समितिमा रहेर लामो समय पत्रकारिता गरेका कृष्णप्रसाद सिग्द्याल नेपाल वातावरण पत्रकार समूहका संस्थापक अध्यक्ष हुन् । वातावरण संरक्षण परिषद्, राष्ट्रिय विकास परिषद्जस्ता नीतिगत संस्था एवं आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) जस्ता प्राज्ञिक संस्थामा आबद्ध रही काम गरेका सिग्द्यालका ‘नेपाल : छिमेक र विश्व’, &ls...

चर्चाको केन्द्रमा निजगढ : वातावरण कि विकास !

झण्डै २८ वर्षदेखि सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया त सुरु भयो तर, विवादरहित हुन भने सकेन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई हालै सर्वोच्च अदालतको आदेशले निर्माण प्रक्रिया अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गित भएको छ । सर्वोच्च अदालतको पूर्ण फैसला …

चर्चाको केन्द्रमा निजगढ : वातावरण कि विकास,निजगढको विशेषता के छ ?

– सिबी अधिकारी/ झण्डै २८ वर्षदेखि सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया त सुरु भयो तर, विवादरहित हुन भने सकेन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई हालै सर्वोच्च अदालतको आदेशले निर्माण प्रक्रिया अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गित भएको छ । सर्वोच्च […]

सर्वोच्चको आदेशपछिको नयाँ बहस : प्राथमिकता वातावरण कि भौतिक विकास

सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको कामलाई प्राथमिकतामा राख्ने कि वातावरणीय विषय भन्ने जिज्ञासा पनि उत्तिकै उठेको छ । सर्वोच्चको बृहद् पूर्ण इजलासले गरेको फैसला पुनरावलोकन हुन सम्भावना कम छ । यद्यपि, राजनीतिक नेतृत्वले विमानस्थल निर्माणका सन्दर्भमा आएको फैसला पुनरावलोकन हुनुपर्नेमा …

आयोजना छनोटका आधार

झन्डै ३ दशकदेखि निर्माणको प्रयास हुँदै आएको र १ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको उक्त आदेशले मान्छेका लागि विकास वा वातावरण महत्त्वपूर्ण भन्ने बहसलाई सतहमा ल्याइदिएको छ । निजगढ विमानस्थल बनाउन गरिएको आर्थिक स्रोत र समयको लगानी तथा सर्वोच्चको आदेशले एउटा कुरा स्पष्ट भएको छ कि देशलाई आवश्यक पर्ने ठूला आयोजना निर्माण गर्दा व्यापक छलफल र अध्ययन चाहिन्छ । आधार स्पष्ट नभईकन कुनै पनि योजनालाई छनोट गरिनु हुँदैन । वातावरणवादीलगायतका तर्फबाट दायर गरिएको रिटमा सर्वोच्चले वातावरण संरक्षणकै कुरा बढी सुनेको देखिन्छ । निजगढमा विमानस्थल बनाउन शुरू गर्ने बेलादेखि नै त्यसबारे पक्ष/विपक्षमा आवाज उठ्दै आएको हो । त्यस्तो बहसमा एकमत हुन नसकेपछि अन्तत: विवाद सर्वोच्चसम्म पुग्यो । र, सर्वोच्चको बृहत पूर्ण इजलाशले विमानस्थल नबनाउन आदेश दियो । यस्तो आदेश दिँदा सर्वोच्चले पक्कै पनि विचार गरेर र विकास विरोधीको आरोप लाग्न सक्ने पक्षलाई ख्याल गरेको होला । त्यसबारेको निर्णय नै बृहत् पूर्ण इजलाशमा भएकाले न्यायिक मन र विवेक प्रयोग भएको अनुमान गर्न सकिन्छ ।  तर, अहिलेको महत्त्वपूर्र्ण कुरा नेपालमा आयोजना कसरी छनोट गर्ने गरिन्छ भन्ने हो । पक्कै पनि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने निर्णय गर्नुअघि सरकारले व्यापक छलफल, अध्ययन, अनुसन्धान गरेको भए अहिलेको अवस्था आउन सक्थ्यो होला त ? यदि छलफल, अध्ययन, अनुसन्धान गरेर आयोजना छनोट गरेको भए न त यतिका वर्ष खर्च हुन्थ्यो न राज्यको ढुकुटी नै खेर जान्थ्यो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) नै नक्कली बनाएर पेश गरिएको बताइएको छ । ईआईए प्रतिवेदन नै नक्कली बनाएर थालिएको आयोजना कस्तो बन्ला ? यसबाट सरकारी निकायमा बस्नेहरू सत्तामा रहुन्जेल जसरी पनि आफ्नो स्वार्थअनुकूल आयोजना छनोट गर्ने, बजेट पार्ने र मनपरी गर्ने क्रममा लागेको देखिन्छ । नेपालजस्तो देशका लागि साना मात्र नभई ठूलाठूला आयोजना बनाउनु पर्ने आवश्यकता छ । निजगढमा बन्ने भनिएको ठूलो विमानस्थलको त्यतिकै जरुरी छ । भैरहवामा हालै सम्पन्न गौतम बुद्ध अन्तरराष्ट्रिय र पोखरामा सम्पन्न हुने क्रममा रहेको क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल नेपालका लागि पर्याप्त नहुने आवाज पनि उठ्दै आएको छ । यद्यपि अहिले नेपालमा आउने विदेशी पर्यटकको संख्यालाई आधार मान्ने हो भने भैरहवा, पोखरा अन्तरराष्ट्रिय विमानस्थलको लागत उठ्नै वर्षौं लाग्ने देखिन्छ । ती विमानस्थलको सञ्चालन खर्च उठाउनैका लागि पनि सरकारले विदेशी पर्यटक नेपालमा ल्याउन थुप्रै काम गर्नुपर्ने हुन्छ । सर्वोच्चको आदेशपछि निजगढमा विमानस्थल नबनाउने लगभग निश्चितजस्तै भएको छ । यसको अर्थ अर्को विमानस्थल नबनाउने भनेको होइन । सरकारले अन्य स्थानमा विमानस्थल निर्माणको काम गर्न सक्छ । सिमरामै रहेको विमानस्थललाई विस्तार गर्न सकिन्छ कि ? सरकारले अध्ययन गर्न सक्छ । तर, जुनसुकै काम गर्दा पर्याप्त छलफल र अध्ययन हुनुपर्छ । प्रधानमन्त्री, मन्त्री, सचिवलाई लाग्दैमा ठूला आयोजना बन्न सक्दैनन् । वातावरणीयको साथै आर्थिक, प्राविधिक रूपले समेत आयोजना बन्न सक्छ वा सक्दैन भन्नेबारेमा यकिन गर्न सक्नुपर्छ । एकथरीलाई निजगढमा विमानस्थल निर्माणभन्दा कसरी हुन्छ चाँडो–चाँडो रूख कटान गर्ने रहर देखिन्थ्यो । विमानस्थल निर्माणकै आडमा कतिपयलाई अर्बपति बन्ने इच्छा पनि देखिन्थ्यो । निजगढमा रहेको जंगल नेपालमा बँचेको ठूलो जंगलमध्ये एक हो । त्यस जंगलका रूख कटान हुँदा स्थानीय बासिन्दालाई पर्ने असरबारे रूख कटान गर्न हतार गर्नेलाई शायदै चासो थियो । निजगढ विमानस्थल बनाउन गरिएको आर्थिक स्रोत र समयको लगानी तथा सर्वोच्चको आदेशले एउटा कुरा स्पष्ट भएको छ कि देशलाई आवश्यक पर्ने ठूला आयोजना निर्माण गर्दा व्यापक छलफल र अध्ययन चाहिन्छ । आधार स्पष्ट नभईकन कुनै पनि योजनालाई छनोट गरिनु हुँदैन । निजगढजस्तै नेपालमा जथाभावी हचुवाको भरमा आयोजना शुरू गर्ने तर सम्पन्न नभएका थुप्रै आयोजना छन् । निजगढ त निकै ठूलो गेमचेन्जर आयोजना भएका कारण चर्चामा आएको हो । चर्चामा नआए पनि हचुवाको भरमा शुरू गरिएका थुप्रै आयोजना छन्, जो असफल भए त्यसमा पनि राज्यको ठूलो लगानी खर्च भइसकेको छ । अब बरु जथाभावी शुरू गरिएका आयोजना सम्पन्न हुँदैनन् भने यसको कारण खोजी गरी राज्यको ढुकुटी मनपर्दी गर्नेलाई पनि कानूनी दायरामा ल्याउन आवश्यक छ । शुद्ध मनले बाहेक अन्य स्वार्थले राज्यको ढुकुटी बर्बाद पार्न कुनै पनि आयोजना शुरू गर्नु हुँदैन । नत्र निजगढ विमानस्थलजस्तै समस्या बारम्बार आइरहन्छन्, किनकि नेपाल पनि विकास र वातावरणलाई सन्तुलनमा राख्ने दबाबमा छ ।

‘निजगढ विमानस्थल बनाउन वनले रोक्दैन’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणको नाममा विकास विरोधी बन्न नहुनै भन्दै वन मासेर भए पनि निजगढ विमानस्थल बनाउनुपर्ने धारणा राखेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले कमभन्दा कम वनको विनास गरेर भए पनि विमानस्थल बन्नुपर्ने उनको भनाइ छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहर कि आवश्यकता ?

एकपटक फेरि विकास–निर्माणले गर्ने वातावरण प्रभावको बहस सतहमा आएको छ । सरोकारवाला र एभिएसनसँग सम्बन्धित विज्ञहरूले बहुप्रतीक्षा गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कतै अन्योलमै पर्ने त होइन ? विकास–निर्माणले वातावरणमा पर्ने प्रभाव सानो या ठूलो जे पनि रहन सक्छ, त्यो तपाईं–हामी सबैलाई थाहा भएकै कुरा हो ।