काठमाडौं : मुलुकले नयाँ राष्ट्रपति पाएको छ। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेल तेस्रो राष्ट्रपति भए पनि कार्यकालका हिसाबले उनी चौथा हुन्। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कार्यकाल सम्हालेकी थिइन्। नयाँ संविधान जारी भएसँगै भण्डारीले पहिलो महिला राष्ट्रपतिका रूपमा कार्यकाल सम्हालिन्। नेपालको संविधान २०७२ असोज ३ गते जारी भयो। भण्डारी सोही वर्ष कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भइन्। पहिलो कार्यकाल