गायक प्रकाश सपुतले भर्खर सार्वजनिक गरेको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । सार्वजनिक भएलगत्तै विवादमा तानिएको गीत जनयुद्धमा सहभागी जनमुक्ति सेनाको बिषयबस्तुमा छ । १६ मिनेट २५ सेकेण्ड लामो युट्युबको ट्रेन्डिङमा समेत आउन सफल गीतको बिषयबस्तुलाई लिएर नेकपा माओवादी वृत्तमा चर्को आलोचना समेत भइरहेको छ ।नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी दिएकी छन् । गीतको बिषयमा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा चर्काे बहस हुन थालेको छ । क