अर्घाखाँची – अर्घाखाँचीमा अब हुने तीनै तहकाे चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने पाँच दलबीच सहमति भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले सन्धिखर्कमा आज साेमवार पत्रकार सम्मेलन गरी स्थानीय, प्रदेश र सङ्घीय चुनावका साथै जिल्लास्तरीय सङ्घ–संस्थाका चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने जानकारी गराएका छन् ।
पाँच दलका शीर्ष नेताहरूको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयाे ...