सेनाद्वारा कञ्चनजंघा र मनास्लु हिमालमा १६ हजार ७२१ किलो फोहर संकलन

नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ । सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको 'सफा हिमाल अभियान २०२२' अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । दुवै हिमालमा गरि १६ हजार ७ सय २१ किलो फोहर यो अभियानसँग सम्बद्ध संस्था तथा कार्यालयहरूका प्रतिनिधिको रोहबरमा अभ्नील

सम्बन्धित सामग्री

क्याम्पेन लिडरसँग सेनापतिको भिडियो फोनवार्ता

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा गत चैत्र २२ गतेबाट संचालन भईरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरुसँग प्रधान सेनापति प्रभुराम शर्माले भिडियो फोनवार्ता गर्नुभएको छ ।

प्रधान सेनापतिद्वारा ‘सफा हिमाल अभियान २०२२’ का टोलीहरुलाई निर्देशन

काठमाडौँ- सफा हिमाल अभियान २०२२ मा खटिएका क्याम्पेन लिडरहरुलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले भिटिसी मार्फत हालसम्म भएका कार्य प्रगति विवरणहरुका बारेमा जानकारी लिएका छन्। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाइमा २०७८ चैत २२ गतेबाट सञ्चालन भईरहेको सो अभियान अन्तर्गत सगरमाथा,ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरुसँग […]

सगरमाथासहित चार हिमालको आधार  शिविर पुग्यो सेना

झन्डै ३५ टन फोहोर संकलन गरेर २२ जेठमा फर्किने नेपाली सेनाको समन्वयमा २२ चैतदेखि सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाइमा गएको टोली ती हिमालको बेसक्याम्प पुगेको छ । टोलीले स्थानीय संस्कारअनुसार...

सफा हिमाल अभियानमा कोकाकोलाको साथ

काठमाडौं (अस) । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको सहकार्यमा भइरहेको ‘सफा हिमाल अभियान’ मा कोकाकोलाले साथ दिने भएको छ । ‘हिमाल बचाउने प्रयास : हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित अघि बढेको सफा हिमाल अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको हो । उक्त अभियानमा अन्य कम्पनीको सहभागिता रहेकामा ‘दि कोका–कोला फाउन्डेसन’ मुख्य कर्पोरेट साझेदार रहेको कम्पनीले जानकारी दिएको छ । पर्वतारोहीले छाडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने उद्देश्यले सो अभियान थालिएको हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल सरसफाइ गर्ने लक्ष्य उक्त अभियानको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत करीब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । अभियान चैत २२ देखि शुरू भएको थियो ।

उच्च हिमालबाट हुने आम्दानी

गएको वसन्तऋतुमा सगरमाथाबाट मात्रै नेपाल सरकारले लगभग ६७ करोड नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ । त्यस्तै पर्यटन व्यवसायी र कामदारले पनि पर्वतारोहण पेशाबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गएको वसन्तऋतुमा विभिन्न देशका आरोहीलाई नेपालका विभिन्न हिमालहरू चढ्न दिएबापत पर्वतारोहीले तिरेको रोयल्टी दस्तुर मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ रहेको छ । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्वफैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । कोरोना महामारी विपत्ति बाँकी नै भएको अवस्थामा पनि यस वर्षको (सन् २०२१) को हिउँदो र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका विदेशी पर्वतारोही दलका सदस्यहरूले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । हुन त उक्त सिजनको शुरू ताका (चोमोलुङमा चढ्ने क्रम शुरू हुँदै गर्दा) भारतको गुजरात, मुम्बई लगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेश लगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसैका कारण हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण धेरै दिनसम्म आरोहण कार्य नै रोकियो । फलतः गएको सिजनमा आधाभन्दा कम पर्वतारोहीले मात्रै सगरमाथामाथि विजय प्राप्त गर्न सके । गएको वर्ष जाडो मौसम (विन्टर सिजन) मा पनि विभिन्न देशका १० ओटा विदेशी पर्वतारोहण दलका ४५ जना सदस्य नेपालका विभिन्न हिमाल आरोहण गर्न गएका थिए । सौभाग्यवश त्यसमा ८ हजार मीटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको थियो । ८ हजार १६३ मीटर अग्लो मनास्लु हिमाल आरोहण गर्न मात्रै गएको वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोहीहरू मनास्लुतर्फ गएका थिए । बाँकी आठओटा हिमाल आरोहण टोलीले भने ५ हजार ७ सय मीटरभन्दा अग्लो लुजा पिकलगायत अन्य हिमाल चढ्न गएका थिए । ती हिमाल चढेबापत विदेशी पर्वतारोहीले गएको वर्ष (सन् २०२१ मा) मात्रै नेपाल सरकारलाई राजस्व (रोयल्टी) बापत लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका थिए । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८ हजार ८ सय ४८ दशमलव ८६ मीटर) हो भने हो भने, उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए भने, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै पवश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाई ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । त्यस्तै विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा (धेरै ढिला गरी) अस्ट्रिेलियाली नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमालचाहिँ धवलागिरि हो । यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ भने, सन् १९६० को १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरू हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १०औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । त्यस्तै यो हिमाल नै हो, समुन्द्र सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइल राख्न सफल भएको, हिमाल । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थए । लेखक पर्वतारोहण व्यवसायमा संलग्न छन् ।

कतारकी राजकुमारी थानीद्वारा बीना अक्सिजन मनास्लु हिमालको सफल आरोहण

असोज १३, म्याग्दी  । कतारी राजकुमारी शेखा आस्मा अल थानीले बीना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए अनुसार राजकुमारी थानीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल बीना अक्सिजन सोमवार आरोहण गरेकी हुन् । उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् । कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए । उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जानकारी दिएको छ । टिममा ३२ जना आरोही रहेको जानकारी दिइएको छ । इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्य सहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् । तर, सगरमाथा आरोहणका लागि मौसम अनुकुल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन् ।  राजकुमारी थानीले दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५ हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जानकारी दिइएको छ । नेपाल पर्यटन विभागका अनुसार मनास्लु हिमालसँगै यो महीना ६ ओटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । तीमध्ये मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जनाले अनुमति लिएका छन् ।  उनीहरुबाट १ करोड ८० लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर पर्यटन विभागले लिएको छ । त्यस्तै धौलागिरी हिमाल आरोहणका लागि चार टिमका ४० जना र मरियाङ हिमाल आरोहणका लागि एक टिमबाट आठ जनाले अनुमति लिएका छन् । त्यसैगरी पुथा हिमचुली आरोहणका लागि एक टिमका तीनजना, कञ्चनजंघा हिमाल आरोहणका लागि एक टिमका तीन जना र कुम्भकर्ण हिमाल आरोहणका लागि एक टिमका पाँचजना र गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।  हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।