कतारकी राजकुमारी थानीद्वारा बीना अक्सिजन मनास्लु हिमालको सफल आरोहण

असोज १३, म्याग्दी  । कतारी राजकुमारी शेखा आस्मा अल थानीले बीना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए अनुसार राजकुमारी थानीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल बीना अक्सिजन सोमवार आरोहण गरेकी हुन् । उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् । कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए । उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जानकारी दिएको छ । टिममा ३२ जना आरोही रहेको जानकारी दिइएको छ । इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्य सहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् । तर, सगरमाथा आरोहणका लागि मौसम अनुकुल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन् ।  राजकुमारी थानीले दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५ हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जानकारी दिइएको छ । नेपाल पर्यटन विभागका अनुसार मनास्लु हिमालसँगै यो महीना ६ ओटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । तीमध्ये मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जनाले अनुमति लिएका छन् ।  उनीहरुबाट १ करोड ८० लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर पर्यटन विभागले लिएको छ । त्यस्तै धौलागिरी हिमाल आरोहणका लागि चार टिमका ४० जना र मरियाङ हिमाल आरोहणका लागि एक टिमबाट आठ जनाले अनुमति लिएका छन् । त्यसैगरी पुथा हिमचुली आरोहणका लागि एक टिमका तीनजना, कञ्चनजंघा हिमाल आरोहणका लागि एक टिमका तीन जना र कुम्भकर्ण हिमाल आरोहणका लागि एक टिमका पाँचजना र गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।  हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

कतारकी राजकुमारी अलथानीले कोप–२८ को साइड इभेन्टमा  सम्बोधन गर्ने

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने कोप–२८ को साइड इभेन्टमा कतारकी राजकुमारी शेखा अस्मा अल थानी सहभागी हुने भएकी छन्।  साथसाथै नामक संस्थाले आयोजना गर्ने साइड इभेन्टमा राजकुमारी थानीले सम्बोधन गर्ने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । उनका अनुसार साथसाथैले ४ डिसेम्बर २०२३ का दिन दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म ‘क्लाइमेट […]

कतारकी राजकुमारी थानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

काठमाडाैं । कतारकी राजकुमारी शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएकाे छ । इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार ८ हजार ९१ मिटर अग्लो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएकाे हाे । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड […]

कतारकी राजकुमारी आस्मा अन्नपूर्ण हिमाल आरोहणमा

म्याग्दी : अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा आएकी कतारकी राजकुमारी आस्मा अल्थानी सहितको टोली २ नम्बर क्याम्पमा पुगेको छ। गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानीको टोली छ हजार ७०० मिटर उचाइमा रहेको क्याम्पमा पुगेको हो।आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका&nd

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छिन्।

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छिन्।

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आउनुभएको छ । आठ हजार …

कतारकी राजकुमारी शेखाद्वारा मनास्लुको सफलतापूर्वक आरोहण

काठमाडौँ । कतारकी राजकुमारी शेखा आस्मा अल थानीले आज विश्वकै आठौँ अग्लो हिमाल मनास्लुको सफलतापूर्वक आरोहण गरेकी छिन् । सोमबार बिहान १०ः३० बजे उनी चुचुरोमा पुगेकी थिइन्।

कतारकी राजकुमारी आस्मासहितको टोली मनास्लु चुचुरोमा

कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ ।

कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा

कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आउनुभएको हो ।