प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकको संस्थापक सेयरधनी मध्येका एक पूर्णमान शाक्यले आफ्नो नाममा रहेको उक्त परिणामको सेयर बिक्री गर्न चाहेपछि बैंकले शुक्रबारदेखि बिक्री खुल्ला गरेको हो । इच्छुक संस्थापकले असार १७ गतेदेखि ३५ दिन भित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा दिन सकिनेछ । तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा दोस्रो चरणमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकल