प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा

१ पुस, काठमाडौं । प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीको संस्थापक सेयरको न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको छ । हाल प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको सो संस्थापक सेयर लिलामी बिक्रीमा आएको हो । हालका संस्थापक तथा अन्य व्यक्ति वा संघसंस्थाले पनि गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने […]

सम्बन्धित सामग्री

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक

महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । २२ जेठदेखि २४ सम्म आयोजना भएको खेलमा प्राइम कमर्सियल बैंकले उपाधि जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स उपविजेता बनेको छ । आईसीएफसी फाइनान्सले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक

महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । २२ जेठदेखि २४ सम्म आयोजना भएको खेलमा प्राइम कमर्सियल बैंकले उपाधि जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स उपविजेता बनेको छ । आईसीएफसी फाइनान्सले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई...

प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन सम्पन्न

काठमाडौं। प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन गत शनिवार काठमाडांैमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै अधिवेशनको सफलताको कामना गरेका थिए । अधिवेशनबाट बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति निर्विरोध रूपमा निर्वाचित भएको छ । समितिको उपाध्यक्ष धनबहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रीय सदस्य दामोदर ढुंगाना, केन्द्रीय सदस्य (खुला) विवेक दली, मिलनविक्रम बस्नेत, राजेश दाहाल, रेवन्तराज नेपाल, केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन चुनिएका छन् ।

प्राइम कमर्सियल बैंक र फोनपेको सहकार्यमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’

काठमाडौं  । प्राइम कमर्सियल बैंक र फोनपेकोे सहकार्यमा दोलखाको जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ गरिएको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबार सुरक्षित गर्ने उद्देश्यले केही दिनअघि उक्त कार्यक्रम गरिएको हो । सुरक्षित एवं सहज तरीकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाको उपाय अवलम्बन गर्ने जस्ता विभिन्न पक्ष समेटेर आयोजित कार्यक्रममा विद्यार्र्थी, शिक्षक, जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारण सहभागी थिए । कार्यक्रममा बैंकको मोबाइल बैंकिङ एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाको विषयमा महाप्रबन्धक अमृतचरण श्रेष्ठले जानकारी दिएका थिए । त्यस्तै फोनपेमार्फत गरिने कारोबार, अन्तर–बैंक कारोबार लगायत विषयमा फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले स्पष्ट पारेका थिए ।

जेठ ३१ गतेदेखि ५ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै प्राइम कमर्सियल बैंक

जेठ २२, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ ।  बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०.१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।  प्रतिकित्ता रू. एक हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।  यो ऋणपत्रमा सामूहिक लगानीकोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा असार १४ गतेसम्म विक्री खुला हुने बैंकको भनाइ छ ।  यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  बैंकको यो ऋणपत्रलाई केयर रेटिङ नेपालले समयमै दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व क्षमता औषत रहेको समेत संकेत गर्दछ । ऋणपत्र विक्रीको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्राइम बैंकको १४ औं साधारणसभा सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश […]

प्राइम कमर्सियल बैंकले १६.६३ प्रतिशत बोनस लाभांश दिने

प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश

काठमाडौं, १२ असोज । प्राइम कमर्सियल बैंक हिजोबाट १५औं वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापनाको सुरुवातमा १ हजार कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको हालसम्म ११ हजार ४०० कित्ता शेयर पुगेको छ जानकारी दिएको छ । कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने देशैभर १८९ शाखा संजाल रहेका […]

फेदीखोला गाउँपालिकामा प्राइम कमर्सियल बैंक

स्याङजाको फेदीखोला गाउँपालिकामा पहिलो वाणिज्य बैंक कको रूपमा प्राइम कमर्सियल बैंक पुगेको छ । फेदीखोला गाउँपालिकाबाट स्याङजाको सदरमुकाम करिब १७ किलोमिटर टाडा वाणिज्य बैंक मा कारोबार गर्न जानुपर्ने स्थानीयको बाध्यतालाई उक्त बैंकको शाखा स्थापनाले घर दैलोमै सेवा हुने भएको हो ।