काठमाडौं, २३ कात्तिक । डोटीको भुकम्प प्रभावित क्षेत्रमा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । देउवाले प्रभावित क्षेत्रमा खटिन, घाइतेको उद्दार गरी उपचार गर्न र राहतको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले भुकम्पमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई बुधबार […]
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ।आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ।त्यस्तै अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार तथा राहतको काम तीव्र पार्न सरकारसँग माग गर्ने र मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पनि बैठकले दुःख व्यक्त गरेको जानकारी एमाल
काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुदुरपश्चिम लगायतका विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण गएको बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् । नेता सिंहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । नेता सिंहले बाढी, […]
काठमाडौं। चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाले बाढीपहिरा प्रभावितको उद्दार र राहतको लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन्। चाँगुनारायण नगरपालिकाले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।मध्यपुरथिमी नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई ११ लाख ११ हजार १११ को दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाढीपीडितको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न आयोगसम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिबाट हुनसक्ने […]
नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले वाढी पहिरोले प्रभावित स्थानमा अबिलम्ब उद्दार, खोजी, उपचार, पुनर्स्थापना र सुरक्षाको व्यवस्था गर्न तथा राहतको प्याकेज उपलव्ध गराउन माग गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले देशको विभिन्न भागमा आएको बाढी पहिरोले ल्याएको विपद्ले घरबारविहीन भएकाको तत्काल उद्दार तथा राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।