अघिल्लो शासन व्यवस्थाको तुलनामा संघीयतामा गाउँमा जाने बजेटमा वृद्धि भयो । नगरपालिका र गाउँपालिका निर्माण भएसँगै तिनमा जाने बजेट बढ्यो । संविधानले अधिकारको निक्षेपण गरेकाले अधिकारलाई बजेटले अनुसरण गर्न बाध्य भयो । अधिकार, कर्तव्य, दायित्व प्रवाह भएपछि बजेट प्रवाह गर्नैपर्ने संवैधानिक बाध्यताले वित्तीय संघीयताको जन्म भयो र संघीय शासन व्यवस्थासँथै वित्तीय संघीयता लागू भयो । […]