आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीको आइपिओ निष्कासन

काठमाडौँ । आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपिओ) खुल्ला गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आइपिओ निष्कासन गरेका हुन् । तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अङ्कित मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले […]

सम्बन्धित सामग्री

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

सगरमाथा जलविद्युत कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

प्रभु क्यापिटल र सगरमाथा जलविद्युत कम्पनीबीच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको छ । सो सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाई र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले सगरमाथा जलविद्युत कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणको अभिलेख राख्ने एवं सेयरधनीको लगत […]

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक रुपमा निष्कासन खुला गरिएको सगरमाथा जलविद्युत् कम्पनीको सर्वसाधारणको लागि निष्कासित ३५ लाख ८१ […]

सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय थप

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमा छोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित ब

दुई जलविद्युत कम्पनीको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ ह

सय जलविद्युत कम्पनीको साधारणसभा प्रभावित

नेपाल विद्युत नियमन आयोग निष्कृय भएपछि एक सयभन्दा बढी जलविद्युत कम्पनीको साधारणसभा प्रभावित भएको छ । सरकारले आयोगका सदस्यहरुको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि एक साता अघिदेखि अध्यक्ष र दुई सदस्य निलम्बनमा परेका छन् । योसँगै आयोगले काम गर्न नसक्दा जलविद्युत प्रवद्र्धक कम्पनीहरुको साधारणसभा प्रभावित भएको हो ।पुसभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भए […]

जलविद्युत कम्पनीको सेयरमा आकर्षण !

कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको ह