अर्थमन्त्री जनार्दन शर्माले बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र नभएको तर्क गरेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र व्यवस्थापनमा बैंकहरुको महत्त्वपूर्ण भूमिका हुने भन्दै यस्तो बताएका हुन् । ‘बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र होइन । सर्वसाधारणको पैसा सस्तोमा किन्ने र महँगोमा बेचेर नाफा खाने काम मात्र बैंकहरुको होइन । बैंकहरुसँग निकै ठूलो जिम्मेवारी पनि हुन्छ, त्यो बैंकहरुले महशुस गर्नुपर