कतार एयरवेजले मङ्गलवारबाट भैरहवाबाट उडान थाल्ने, अब ५ विमान कम्पनीले नियमित उडान गर्ने

रुपन्देही । कतार एयरवेजले पनि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उठान थाल्ने भएको हो । यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । मङ्गलवारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन्। यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ […]

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

काठमाण्डाै - गौतमबुद्ध विमानस्थल भैरहवाबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलवार, बिहीवार र शनिवार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्...

आज यति एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं : यति एयरलाइन्सले सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । सूचना जारी गरी एयरलाइन्सले सोमबारका लागि तोकिएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।तर आपतकालीन उद्धार उडान भने जारी राख्ने एअरलाइन्सले जनाएको छ। आइतबार  चालक दलका चार सदस्यसहित ७२ जना बोकेको यति एअरलाइन्सको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा सवारमध्ये ६९ जनाको शव फेला परिसकेको छ।

यती एयरलाइन्सको आजकाे नियमित उडान रद्द

काठमाडौँ – दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ। विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन-एएनसी एटिआर-७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती […]

पोखरामा पहिलो पटक जेट विमान अवतरण

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सीआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ । सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । युरोप, अमेरिका […]

वायुसेवा निगम र आन्दोलनरत पक्षबीच सहमति : नियमित उडान सुरु

काठमाण्डाै - विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बुधवार र बिहीवार उडान रोकिएको थियो । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच हिजो दिनभर छलफल गरेर सहमति भएसँगै बेलुकादेखि उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थि...

रेसुंगा विमानस्थलबाट नियमित उडानमा आशंका

गुल्मीको रेसुंगा विमानस्थलबाट नियमित उडान हुनेमा पछिल्लो समय आशंका थपिएको छ । जिल्लाको रेसुंगा नगरपालिका–१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलबाट नियमित उडान हुनेमा आशंका थपिएको हो ।निर्माण सम्पन्न भइसकेको लामो समय हुँदा पनि सरोकारवालाको ध्यान नजानुले विमान उड्ने आश मरिसकेको स्थानीय गीता भण्डारीले गुनासो गरिन् । “संरचना तयार भएपछि विमान नियमित उडान हुनुपर्ने हो,” स्थानीय […]

सुकेटार विमानस्थलमा नियमित उडान सुरु

नेपाल वायु सेवा निगमले ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलबाट सोमबारदेखि नियमित उडान सुरु गरेको छ । कोभिडका कारण नियमित उडान दुई महिना बन्द भएको थियो । सोमबार काठमाडौंबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए । १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले […]

सुकेटार विमानस्थलमा आजदेखि नियमित उडान शुरु

असार २१, ताप्लेजुङ  । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा नेपाल वायु सेवा निगमले आज (सोमवार) देखि नियमित उडान शुरु गरेको छ । कोभिड-१९ महामारीका कारणले नियमित उडान दुई महीना बन्द भएको थियो ।  सोमवार काठमाडौंबाट ९ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जानकारी दिइएको छ ।  ताप्लेजुङबाट १२ जना  यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ फर्कीएको लिम्बूले बताए । सुकेटारमा  हप्तामा चार दिन (सोमवार, बुधवार, शुक्रवार र शनिवार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म रू. सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं रू. सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमले ताप्लेजुङदेखि विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस

यात्रु बढ्दै, उडान घट्दै

दाङको तुलसीपुरको टरिगाउँ विमान स्थलमा पहिल्लो समय हवाई जहाजको नियमित उडान घटेको छ । यात्रुहरूको चाप अत्याधिक भए पनि उडान संख्या आधा भन्दा बढी घटाएको छ । जसले गर्दा सहजै हवाई जहाजको यात्रा सर्व साधरणहरूले गर्न पाएका छैनन् । ‘केही दिन अघि काठमाडौंबाट दाङ आउन लागेका केशव पोख्रेलले नेपाल वायुसेवा निगमको पिलेनको टिकट पाएनन् ।’ […]