बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाग्लुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । आज आइतवार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्ता बजेट रकमान्तर गर्दैछ’, उहाँले भन्नुभयो, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस्, मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’
यसैबीच तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चा...