धनगढी : नेकपा एमाले माधव नेपाल समूह र नेकपा माअोवादी केन्द्र मिलेर सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गर्दै आठ जना नयाँ मन्त्रीहरू थपेका छन्। नयाँ नियुक्त मन्त्री हुनेहरुमा लालबहादुर खड्का सामाजिक विकास मन्त्री, पूर्णा जोशी आन्तरिक मामिला तथा कानुन मन्त्री, दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री तथा मानबहादुर धामी उद्योग, वन तथा वातावरण मन्त्री छन्।
सोडारी यस अघि सामाजिक विकास मन्त्रीहुँदा पार्टीकै एक महिलामाथि यौन दुराचार गरेको आरोपमा कारबाहीमा प...