काठमाडौँ – एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ। एमाले माओवादीको गठबन्धन भत्केपछि सरकारमा जाने तयारीमा रहेको समाजवादीले आफ्नातर्फबाट सरकारमा चार जना सहभागी हुनुपर्ने बटम लाइन बनाउने भएको हो। पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको र त्यसका लागि पार्टीबाट चार जना सहभागी हुनुपर्ने विषयका […]