४९३ अस्पताल संक्रमितको उपचारमा सक्रिय, देशभर १,८१७ आईसीयू

कोभिड–१९ (कोरोनाभाइरस) दोस्रो लहरको संक्रमणलाई प्रभावकारी रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४९३ अस्पताल, २०,३६१ शैय्या, १,८१७ आईसीयू रहेको सरकारले जनाएको छ । आइसीयूमा १,१०५ प्रयोगमा रहेका छन् भने ७३६ भेन्टिलेटर (जसमा २९३ प्रयोगमा रहेका) छन् । यस्तै  २६ निजी क्षेत्रबाट सञ्‍चालित प्लान्ट र २,८६५ एचडियू रहेको प्रधानमन्त्री तथा ममिन्त्रपरिषद् कार्यालयले जनाएको छ । यस्तै १ लाख ८१ हजार १८६ मेडिकल उपकरण र ६,६०२ औषधि भन्सारबाट पैठारी भएको अर्थमन्त्रालयलाई उदृत गर्दै प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  १२० फेस...

सम्बन्धित सामग्री

साढे ८८ हजार सङ्क्रमित घरमै !

कोरोनाभाइरसको तेस्रो लहर सुरु भए यता देशभर सङ्क्रमितको सङ्ख्या बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल ८८ हजार ६४२ जना सङ्क्रमित घरमै आइसोलेसनमा बसिरहेका छन् । दोस्रो लहरको तुलनामा यसपटक अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या कम रहेको मन्त्रालयले जनाएको छ ।बिहीबारसम्म १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आईसीयू तथा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमतीमा ६१ हजार ७४ जना होम आइसोलेसन, १ हजार १०१ जना जना संस्थागत आइ

कोरोना महामारीमा स्थानीय सरकारलाई सघाउँदै ‘सँगसँगै’

गत वैशाख मध्यतिर देशभर कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा पुग्यो । गम्भीर लक्षण सहितका बिरामी ह्वात्तै बढेसँगै अक्सिजन, आईसीयू शय्या, भेन्टिलेटरको अभावले संकट निम्त्यायो । स्वास्थ्य सुविधा भएका शहरी क्षेत्रका बिरामीले धेरथोर भएपनि सुविधा पाए तर ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित र बिरामीले स्वास्थ्य सेवा पाउन सकेनन् । कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा पर्ने १ नम्बर निर्वाचन क्षेत्रमा समेत कोरोना महामारीले समस्या निम्तियो ।  अस्पताल, स्वास्थ्य सेवा, सामाजिक संघसंस्था, सरकारी सक्रियता कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरम...

१९ अक्सिजन प्लान्ट थपिने

कोभिड नियन्त्रणको लागि देशभर निजी र सरकारी गरी १५७ अस्पताल सञ्चालनमा ल्याइएको छ । निजी क्षत्रका ४५ अस्पतालसँग सम्झौता गरिएकोले वैशाख महिनामा मात्र ति अस्पताललाई ४५ करोड रुपैयाँ शोधभर्ना दिइएको छ । भेन्टिलेटरको संख्या वैशाखसम्म ३२७ रहेकोमा हाल सो संख्यामा वृद्धि गरी ९०४ पु-याइएको छ । यसैगरी साविक संख्यामा रहेको २ हजार ६ सय आईसीयू […]

कोरोना संक्रमितका लागि अस्पतालमा २० हजार बेड र १७ सय आईसीयू

२३ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ …

संक्रमण फैलिने दर डरलाग्दो

देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थाले

संक्रमण फैलिने दर डरलाग्दो

देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ । अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् । केही कोभिड अस्पतालल...

महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पताल

२७ पुस, काठमाडौं । कोरोना महामारीमा देशभर भएको मृत्यु संख्या दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु हुनेको संख्या नगन्य छ । इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना हुने यो अस्पतालले ५९ जनालाई बचाउन सकेन । हालसम्म निको भएर फर्कनेको संख्या भने दुई हजार […]