गत वैशाख मध्यतिर देशभर कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा पुग्यो । गम्भीर लक्षण सहितका बिरामी ह्वात्तै बढेसँगै अक्सिजन, आईसीयू शय्या, भेन्टिलेटरको अभावले संकट निम्त्यायो ।
स्वास्थ्य सुविधा भएका शहरी क्षेत्रका बिरामीले धेरथोर भएपनि सुविधा पाए तर ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित र बिरामीले स्वास्थ्य सेवा पाउन सकेनन् । कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा पर्ने १ नम्बर निर्वाचन क्षेत्रमा समेत कोरोना महामारीले समस्या निम्तियो ।
अस्पताल, स्वास्थ्य सेवा, सामाजिक संघसंस्था, सरकारी सक्रियता कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरम...