संक्रमण फैलिने दर डरलाग्दो

देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ । अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् । केही कोभिड अस्पतालल...

सम्बन्धित सामग्री

उपत्यकामा झाडापखाला फैलिने खतरा

काठमाडौं, जेठ ३१ । काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्। तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर […]

यूक्रेनको मारिऊपोलमा हैजा महामारी फैलिने चेतावनी

हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ । सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध छ । […]

नेपालमा थप एकजनामा ‘ओमिक्रोन’ पुष्टि, तत्काल समुदायमा फैलिने सम्भावना कम

चिकित्सकहरू भन्छन्– ओमिक्रोन शंका गरिने एस जिन परीक्षणमा न्यून नमुना भेटिएकाले तत्काल समुदायमा फैलिने सम्भावना कम छ नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिने दर सबैभन्दा तीब्र न्युयोर्क र न्युजर्सीमा

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिने दर सबैभन्दा तीब्र न्युयोर्क र न्युजर्सीमा रहेको अमेरिकन सीडीसीले जनाएको छ । अमेरिकाका अन्य क्षेत्रको तुलनात्मक अध्ययन गर्दा सबैभन्दा बढी ओमिक्रोन भेरियन्ट फैलिने दर न्युयोर्कमा बढी रहेको सीडीसीको तथ्यांकले देखाएको छ । देशब्यापी रुपमा कोरोना संक्रमण पुष्टी हुनेहरुमा ३ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेपनि न्युयोर्क र न्युजर्सीमा भने संक्रमितहरुमध्ये १३ प्रतिशतमा ओमिक्रोन […]

ओमिक्रोन भेरियन्ट विश्वभर फैलिने सम्भावना उच्च छ : डब्ल्यूएचओ

१३ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भेरियन्ट विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल गरेको छ । डब्ल्यूएचओले ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन सम्भावना रहेको र यसका लागि तयारी अवस्थामा रहन आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई आव्हान गरेको हो । जोखिममा रहेका समूहलाई खोप लगाउने कार्य बढाउनु […]

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह […]

दुई दिनभित्र मनसुन देशभर फैलिने

आगामी दुई दिनभित्र देशभर मनसुन फैलिने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुनेछ ।लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश […]

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।सन् २०१९ को डिसेम्बरमा कोभिड

संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो

भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ । एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् । कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानम...