कोरोनाभाइरसको तेस्रो लहर सुरु भए यता देशभर सङ्क्रमितको सङ्ख्या बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल ८८ हजार ६४२ जना सङ्क्रमित घरमै आइसोलेसनमा बसिरहेका छन् । दोस्रो लहरको तुलनामा यसपटक अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या कम रहेको मन्त्रालयले जनाएको छ ।बिहीबारसम्म १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आईसीयू तथा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमतीमा ६१ हजार ७४ जना होम आइसोलेसन, १ हजार १०१ जना जना संस्थागत आइ