यूनियन लाईफको आईपीओले नेप्सेबाट पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

साउन १, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ पाउने देखिएको छ ।  कम्पनीको आव २०७६/ ७७ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव १३ रहेको र नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सोही नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो विक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट गरेको हो ।  उक्त कम्पनीको आईपीओका लागि योग्य २१ लाख १२ हजार ७९९ आवेदकमध्ये गोलाप्रथाद्धारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १५ लाख २७ हजार ७९९ जना आवेदकको हात भने खाली भएको छ । कम्पनीको आईपीओमा ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको विक्री प्रबन्धकले बताएको छ । दोहोरो आवेदन दिएका ४ हजार ८०१ जनाको आवेदन रद्द भएको थियो भने बाँकी बैंकमा पर्याप्त रकम नभएकाले रद्द भएको थियो । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि  र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको थियो । उक्त आईपीओमा २१ लाख ८२  हजार ७७५ जनाले आवेदन दिएका थिए जसमध्ये २१ लाख १२ हजार ७९९ योग्य आवेदन थिए ।   

सम्बन्धित सामग्री

मुलुकले राजनेता कहिले पाउला ?

प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि नेतृत्वमा पुगेका हरेक नेतागण किन विवादरहित व्यक्तित्व हुन सकेनन् ? लोकतन्त्रलाई विकास र सुशासनमा उपयोग गर्न किन चुके ? जनतालाई लोकतन्त्र हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ । विगत तीन दशकमा राज्य सञ्चालन गर्ने तरिका र सरकारका उपलब्धिको मूल्यांकज्ञन गर्दा प्रधानमन्त्री वा विभागीय मन्त्रीका लागि सत्ता बाँदरको हातमा नरिवल […] The post मुलुकले राजनेता कहिले पाउला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन गुमायो कांग्रेसले सत्ता र गठबन्धन ?

पछिल्लो संसदीय निर्वाचनपछि राजनीतिक स्थिरता, आर्थिक विकास र स्वच्छ प्रशासनमा गति आएर देशले सही बाटो पाउला भन्ने अपेक्षा निराशलाग्दो प्रकारले चकनाचुर भएको छ । तत्कालीन पाँचदलीय गठबन्धन निर्वाचन परिणामपछि सरकार गठनको...

राप्रपाले पाउला त बाग्मतीमा मुख्यमन्त्री ?

काठमाडौं, पुस १५ । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै बाग्मती प्रदेश सरकार गठनका लागि चर्चा चलिरहेको बेला राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । बाग्मतीमा कुनै पनि दलको प्रस्ट बहुमत आएको छैन् । दु्ई वा दुुईभन्दा बढी दलबीच तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । अहिले केन्द्रमा भएको गठबन्धनअनुसार बागमतीमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएपछि […]

ब्राजिलमा पनि भेटियो मंकीपक्स

ब्राजिलको साओ पाउला सहरमा बिहीबार संकीपक्सको पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

ब्राजिलमा मङ्कीपक्स् पहिलो घटना पुष्टि

ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।...

काँग्रेसले आज महानगरपालिकामा उम्मेदवार घोषणा गर्ने, कहाँ कस्ले पाउला टिकट ?

काठमाडौं, ९ वैशाख । नेपाली काँग्रेसले आज ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर घोषणा गर्ने भएको छ । काँग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार उठाउने भएको हो । ललितपुर र विराटनगरमा २०७४ सालको स्थानीय चुनावमा काँग्रेसले मेयर र उपमेयर दुवै जितेको थियो । यसपटक काँग्रेसले ललितपुर र विराटनगरका अलावा […]

एमसीसी पास नभए नेपालले के पाउला के गुमाउला ?

काठमाडौं, २३ माघ । अमेरिकी सहयोग सम्बन्धी एमसीसी १६ फागुनमा पारित गर्न डेडलाइन आइसकेको छ । उक्त प्रस्ताव पारित भएमा ५० करोड डलरको विकास परियोजना अगाडि बढ्नेछ । एमसीसी ऊर्जा र विद्युत ट्रान्समिसन लाइनलगायतमा लगानी हुनेछ । यो परियोजना अगाडि बढेसँगै नेपालमा अमेरिकी लगानीका अन्य सम्भावनाहरु खुल्नेछन् । तर, एमसीसीबारे टुंगो लगाउन अलमल गरेमा २२ […]

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला?

काठमाडौं, मंसिर १८ । संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले अध्यादेश ल्याएको भोलिपल्टै संसद् अधिवेशन बोलाएकाले यो अधिवेशनमा कानुन निर्माणको काम अघि बढ्ने अवस्था देखिँदैन। एमसिसी सम्झौतालाई संसद्मा प्रवेश […]

देउवा सरकारमा कस्ले कति मन्त्रालय पाउला

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य सुरु गरेका छन् । उनले गठबन्धनमा रहेका दलका शिर्ष नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे छलफल बढाएका हुन् । प्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा ५ जना रहेका छन् । अब गठबन्धनका कुन दलले कति मन्त्रालय पाउने हो छिनोफानो हुन बाँकी छ । नेपाली काँग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर […]