सत्तारुढ दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादी केन्द्रमा विगतदेखि नै बहुपदीय व्यवस्थाको विषय उठे पनि अध्यक्षबाहेकका पदमा प्रभावकारी अभ्यास भएको छैन । राष्ट्रिय सम्मेलन अगाडि माओवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरेर पाँच पदाधिकारी रहने गरी पार्टी विधान अर्थात् अन्तरिम मस्यौदामा प्रस्ताव अघि बढाएको छ ।