नेकपा माओवादी केन्द्रले आज (आइतवार)बाट आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेर अन्य पार्टीहरूको शीर्ष नेतालाई अथितिको रूपमा आमन्त्रण गरेको छ ।
शनिवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
स्थायी कमिटीको निर्णय अनुमोदनको लागि माओवादी केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधनको लागि अरू पार्टीका शीर्ष नेतालाई बोलाएपछि माओवादी केन्द्रले उद्घाटन कार्यक्रम दिउँसो ३ बजेको लागि सारेको छ...