म्याग्दीमा वर्षा र हावाहुरीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाएकाे धानबालीमा क्षति

म्याग्दी । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाएको धान-बालीमा क्षति पुगेको छ । यहि असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुले जनाएका हुन् । पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर […]

सम्बन्धित सामग्री

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।

गबारोबाट धानबालीमा क्षति

दोधारा चाँदनी, ९ साउन । कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु¥याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिए । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु¥याएपछि निःशुल्क विषादी वितरण गरिरहेका […]

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीको कारण सयौँ हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ । असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल रुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगाता

वर्षा, हिमपात हावाहुरीले धानबाली नष्ट जनजीवन कष्टकर

म्याग्दी : म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ।असोज १७ गते रातिदेखि अहिलेसम्म अविरलरुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुले जनाएका छन्।पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। जिल्लाको लेकाली क्षेत्र

साढे १३ अर्बको धान उत्पादन घट्यो

भित्र्याउने बेला वर्षा धानबालीमा क्षति पुर्‍याएपछि यो वर्ष पोहोरको तुलनामा करिब साढे १३ अर्ब रूपैयाँ कमको धान उत्पादन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान उत्पादन पोहोरको तुलनामा चार लाख ९१ हजार ८५ टनले घटेको छ।...

बेमौसमी वर्षा: बाली बीमा नहुँदा किसानले लाखौंको क्षति बेहोरे

ओखलढुंगा– बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली बीमा नहुँदा किसानलाई समस्या भएको छ । दसैँलगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो । जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ । पसाएको धान र कोदो झरीका […]

वर्षा र हावाहुरीले २०० हेक्टरको धानबालीमा क्षति

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर ३ हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका ६ वटै स्थानीय तहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार...

किसानलाई राहत उपलब्ध गराउन संघर्ष समितिको माग

६ कात्तिक, रौतहट । बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएकाले किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन आईटी किसान संघर्ष समितिले माग गरेको छ । केही दिनअघि परेको वर्षाका कारण किसानले खेतमा लगाएका धानबालीमा व्यापक क्षति भएको छ । वर्षा तथा हावाहुरीका कारण धानबाली नष्ट भएपछि किसानहरु पीडित बनेका छन् । धान रोप्ने बेला सिँचाइ तथा मलखाद्यको अनेकौं […]

सल्यानमा २८ प्रतिशत धानबालीमा क्षति

सल्यान (अस) । लगातारको वर्षाका कारण सल्यानमा झन्डै २८ प्रतिशत धानबालीमा क्षति पुगेको छ । आइतबारदेखि परको अविरल वर्षाका कारण जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो । वर्षाले धानबालीमा पु¥याएको क्षतिको अनुमानित विवरण सार्वजनिक गर्दै कार्यालयले जिल्लाभर ४४ दशमलव ५० प्रतिशत धान भित्र्याउन बाँकी रहेको बताएको छ । हालसम्म जिल्लाभर २८ दशमलव ६५ प्रतिशत मात्रै धान भित्र्याइएको तथ्यांकमा उल्लेख छ । जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जिल्लाभर ३० हजार ५६ मेट्रिक टन धान उत्पादन हुने आकलन थियो । तर, वर्षाका कारण ८ हजार ३ सय ७० मेट्रिक टन धान भिजेर क्षति भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार ८ हजार ६ सय १० मेट्रिक टन धान किसानले भित्र्याइसकेका छन् भने १३ हजार ३ सय ७४ मेट्रिक टन काट्न बाँकी रहेको छ । सबैभन्दा धेरै सिद्धकुमाख गाउँपालिका र कम कपुरकोट गाउँपालिकामा वर्षाका कारण धानबालीमा नोक्सानी भएको उनले बताए । सबैभन्दा धेरै दार्मा गाउँपालिकामा धान भित्र्याइएको छ भने कम बनगाड कुपिण्डे नगरपालिका र कपुरकोटमा रहेको छ । यस्तै, सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकामा धान काट्न बाँकी रहेको छ भने सबैभन्दा कम कालीमाटी गाउँपालिकामा रहेको छ । गत वर्ष जिल्लामा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो भने १६ मेट्रिक टन घैया धान उत्पादन भएको थियो । जिल्लाका किसानले बढी मात्रामा रामधान, सुक्खा ३, सुक्खा १, कञ्चनलगायत जातको धान खेती गर्दै आएका छन् । कार्यालय प्रमुख आचार्यले धान भित्र्याउने समय परेको वर्षाका कारण जिल्लामा यो वर्ष धान उत्पादन घट्ने बताए । निरन्तरको वर्षाका कारण किसानले काटेको धान कुहिने र उत्पादन घट्ने अवस्था रहेको उनको भनाइ छ । पाकेको धान भित्र्याउने बेला वर्षा भएपछि जिल्लाका किसान चिन्तित भएका छन् । घर भित्र्याउन काटेर तयार पारेको धानमा वर्षाले क्षति पु¥याएको शारदा नगरपालिका–९ का स्थानीय मोहन बुढाथोकीले बताए । वर्षाले पाकेका धानको बोटसमेत ढलेका छन् । ‘खेतैभरि पानी भरिएको छ । काटेर झाँट्न तयार भएको धान पानीमा तैरिएको छ ।  धानको बोट लडेर सोत्तर भए,’ उनले भने ‘एक–दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने भन्ने पिरलो थपिएको छ ।’ गरिज्युला, कालीमाटी फाँट, बनगाड, मर्मलगायत जिल्लाका अधिकांश ठाउँमा लगाएको धानबालीमा क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति

बुटवल– किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति पुर्‍याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार वर्षा सुरु हुनुभन्दा अगाडि नै किसानले ५५ हजार ५४ हेक्टरबाट धानबाली भित्र्याइसकेका थिए […]