मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीको कारण सयौँ हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ । असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल रुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगाता
म्याग्दी : म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ।असोज १७ गते रातिदेखि अहिलेसम्म अविरलरुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुले जनाएका छन्।पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। जिल्लाको लेकाली क्षेत्र
मंसिर २९, खोटाङ । गत वर्षको तुलनामा यस वर्ष खोटाङमा धान उत्पादन करीब पाँच हजार मेट्रिकटन घटेको छ ।
जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा यस वर्ष शत प्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यो वर्ष चार हजार ६४३ दशमलव २८ मेट्रिकटन उत्पादन घटेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा २९ हजार ७९४ दशमलव ३८ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा आव २०७८/७९ मा उत्पादन घटेर २५ हजार १५१ दशमलव १० मेट्रिकटन मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।
‘यस वर्ष समयमै वर्षा भएका कारण जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा उन्नत जात र स्थानीय जातका धान समयमै रोपाइँ भएको थियो’, उनले भने, ‘बेमौषमी वर्षा र हावाहुरीका कारण फूल खेल्दै गरेको धानको बोट ढलेर खेतमै नष्ट हुँदा यस वर्ष उत्पादनमा कमी आएको हो ।’
स्थानीय जातका धान ढिला फुल्ने गरेकाले पनि बेमौषमी वर्षा र हावाहुरीले यस वर्ष धानबालीमा ठूलो क्षति भएको किसानले बताएका छन् । बेमौषमी वर्षा र हावाहुरीका कारण पाँच हजार ५२२ दशमलव ६२ हेक्टर अर्थात् ४२ दशमलव ८२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति हुन पुगेको हो ।
जिल्लामा यस वर्ष धान उत्पादनमा कमी भएपछि स्थानीय जातका धानको मूल्य अकासिने अनुमान गरिएको छ । गत वर्ष प्रतिपाथी रू. १२० मा विक्री भएको धान यस वर्ष बढेर रू. १६० पुगेको कृषकले बताएका छन् ।
जिल्लामा यस वर्ष अलैँची उत्पादनमा पनि कमी आउने देखिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । अलैँची उत्पादनको तथ्यांक संकलन हुन बाँकी रहे पनि करीब ३०÷३५ प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिए ।
एक हजार ४०२ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि कृषकको भनाइअनुसार यो वर्ष अलैँची उत्पादन कम भएको र उत्पादन घटेर जाने निश्चित भएको छ । दश स्थानीय तह रहेको जिल्लामा आव २०७७/७८ मा ७८७ दशमलव ३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।
गत वर्ष जिल्लामा प्रतिहेक्टर शून्य दशमलव ७४ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार गत वर्ष एक हजार ६४ हेक्टरमा लगाइएको अलैँचीले फल दिएको र बाँकी ३३८ हेक्टरमा भने बिरुवा नै थियो ।
यस वर्ष अलैँचीको उत्पादन घटे पनि मूल्य भने बढेको कृषकले बताएका छन् । मूल्य बढे पनि उत्पादन घटेपछि धान खेत मासेर व्यावसायिकरूपमा अलैँची खेती शुरु गरेका कृषक चिन्तित भएका छन् । रासस
म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ ।
गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर ३ हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका ६ वटै स्थानीय तहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार...