लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति

बुटवल– किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति पुर्‍याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार वर्षा सुरु हुनुभन्दा अगाडि नै किसानले ५५ हजार ५४ हेक्टरबाट धानबाली भित्र्याइसकेका थिए […]

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले धानबालीमा क्षति, खेत ताल बन्यो

लुम्बिनी प्रदेशमा आइतवारदेखि परेको वर्षाले काट्न तयार भएको धानमा ठूलो क्षति पुर्‍याएको छ ।  धान खेतमा अहिले ताल बनेको छ । लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा अझै पानी परिरहेको छ ।  दशैं नसकिँदै खेतहरूमा धान पाकेपछि काटेको र पाकेको धान वर्षाले क्षति पुर्‍याएको हो । दशैंसँगै किसानहरूलाई धान काट्न थालेका थिए । रुपन्देहीको मर्चवारी, सियारी, शुद्धोधन, लुम्बिनी सांस्कृतिक, देवदह, ओमसतियालगायतका स्थानीय तहमा काटेको धान पानीले डुबाएको छ ।   पश्चिम तराईका अधिकांश खेतहरूमा असोजको अन्तिम साता प...