म्यानमार सैन्य ‘कू’ : विरोध प्रदर्शनको ‘घातक दिन’ कम्तीमा १० जनाको ज्यान गयो

काठमाण्डाै – म्यानमारमा सैन्य कू को विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा दश जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा १० जनाभन्दा धेरै घाइते भएका छन् । सैन्य ‘कू’ पछि भइरहेको विरोध प्रदर्शनमा यो दिनलाई घातक दिनका रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । याङ्गोन, दावेई र म्यान्डलेलगायतका सहरमा प्रदर्शनकारीको ज्यान गएको हो । याङ्गाेनमा मात्रै पाँच जनाकाे ज्यान गएकाे बताइएकाे छ । आइतवार प्रहरीले प्रदर्शन दबाउन गोली, अश्रृग्यास तथा पानीको फोहोरा हानेको बीबीसीमा उल्लेख ...