सैन्य ‘कू’ पछि म्यानमारमा रहेका नेपाली भाषीको अवस्था

दीपक भट्टराई/म्यानमार म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि एक खालको अन्योलको वातावरण सिर्जना भएको छ । यहाँ रहेका झण्डै डेढ लाख नेपाली भाषी पनि अब के होला भन्ने अन्योल र त्रासमा छन् । ​ सैन्य ‘कू’ पछि संकटकाल लागेकाले अवस्था कस्तो होला भन्ने आम मानिसमा डर बढेको छ । इन्टरनेट सेवा पनि बन्द गरिदिएकाले सञ्चारमाध्यम र खबर पढ्न र हेर्नबाटै बञ्चित हुने हो कि भन्ने आशंका पनि बढेको छ । सैन्य ‘कू’ लगत्तै म्यान्मारमा मोबाइल फोन केही समयसम्मका लागि बन्द भएको थियो ।  अहिले म्यानमारमा रातको समयम...