चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् भुक्तानी

विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्बन्धित सामग्री

किसानले दुधको ३० करोड भुक्तानी पाउने

दुग्ध विकास संस्थान (डिडिसी) लाई दुध बेचेर पनि चार महिनादेखि भुक्तानी नपाएका किसानले करिब ३० करोड रूपैयाँ भुक्तानी पाउने भएका छन्।...

दुध उत्पादक किसानको ७ अर्ब भुक्तानी हुन बाँकी , किसानहरु दुध पोख्दै सडकमा

दुग्ध सहकारीले किसानलाई ७ अर्ब रुपैया भुक्तान गर्न बाँकी रहेको किसानहरुले बताएका छन । तर सहकारी संचालकहरुले भने ५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको दावी गरेका छन । राष्ट्रिय दुग्ध विकास बोर्डका कायकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवका अनुसार किसानहरु दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भनेका छन । तर दुग्ध सहकारी सञ्चालकहरु […]

भुक्तानी पाउन बाँकी किसानले दुध पोखेर प्रदर्शन

दुग्ध विकास संस्थानले दुधको मूल्य भुक्तानी नगरेको भन्दै कैलालीको अत्तरियामा दुध पोखर विरोध जनाइएको छ। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघको अगुवाइमा दुध पोखेर प्रदर्शन गरिएको हो। विरोध प्रदर्शनमा सहभागी किसानले...

दुध किसान आन्दोलित, कृषिमन्त्रीको राजिनामा माग

राजविराज । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी संर्घषरत दुग्ध व्यवसायी तथा दुध किसानहरुले विभिन्न ११ बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । सदरमुकाम राजविराजमा दुग्ध उत्पादक सहकारी संघ लि.को अगुवाईमा मंगलवार प्रर्दशन सहित दुग्ध व्यवसायी र किसानहरुले […] The post दुध किसान आन्दोलित, कृषिमन्त्रीको राजिनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुग्ध किसानको बक्यौता तुरुन्तै भुक्तानी गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिलाउन निर्देशन दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. वैकुण्ठ...

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सांसदहरूको माग

सांसदहरूले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनीहरूले चितवनलगायतका स्थानमा भुक्तानी नपाएर किसानले सडकमा दुध पोख्न बाध्य भएको भन्दै समस्या समाधान गर्न...

डिडिसिको दोहोरो मारमा किसान, न पैसा दिन्छ न दुध लिन्छ

रौतहट । किसानहरुको दुध खरिद गर्ने सरकारी संस्था दुग्ध बिकाश संस्थान (डिडिसी) को दोहोरो मारमा किसान परेका छन । गत साउन १५ गते यता संस्थानले किसानको दुधको भुक्तानी दिएको छैन । अहिले आएर बिभिन्न बाहनामा डिडिसीले किसानको दुध खरिद गर्न छाडेको छ । रौतहट जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीका अनुसार रौतहटको […] The post डिडिसिको दोहोरो मारमा किसान, न पैसा दिन्छ न दुध लिन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुध किसानको वक्यौता तत्काल भुक्तानी गर्न समितिको निर्देशन

काठमाडौँ : संसदीय समितिले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ।शुक्रवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।पीडामा रहेका दुध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति डा. आरजु राणाले जानकारी दिइन्। बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएक

लम्पी स्किनले दुध उत्पादनमा कमी ! 'समस्या समाधान नभए फागुनबाट दुध अभाव हुने'

काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डअन्तर्गत बागमती प्रदेश दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा छलफल गरेको छ । छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले अहिले लम्पी स्किन रोगका कारण लाखौं पशुहरू संक्रमित भएको र ५० औं हजारको मृत्यु भएकोले किसानको नोक्सान भएको बताए । साथै यसले दुध उत्पादनमा कमी पनि आएको उनको भनाइ छ । तत्काल दुध अभावको समस्या नदेखिए पनि आउँदो सिजन फागुनबाट दुधको अभाव हुने उनले दाबी गरे । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले अहिले देशमा लम्की रोगका कारण दुध कम हुनुपर्नेमा दुध बढी भएर ‘मिल्क होलिडे’ हुने अवस्था आएको बताए । भारतका सीमाबाट अवैध बाटो हुँदै दैनिक लाखौं लिटर दुध भित्रिँदा दुध उत्पादक किसान समस्यामा परेको उनको भनाइ छ । किसानलाई समस्या परेकाले तत्काल सीमा नाकामा कडाइ गरिनुपर्नेमा उनले जोड दिए । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या हल गर्न राज्यले सहयोग गर्नुपर्ने धारणा राखे । राज्यले सहयोग नगरे थप विकराल समस्या आउन सक्नेमा उनले चिन्ता व्यक्त गरे ।  बोर्डका निमित्त निर्देशक डा. सजिना ज्ञवालीले अहिले देखिएको समस्या हल गर्न छलफल आयोजना गरेको बताइन् ।  बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटाले छलफलमा दर्शाइएका सबै समस्याको हल गर्न बोर्डले प्रयास गर्ने बताए । अहिले किसानलाई दुध विक्री गर्न समस्या भएको र विक्री भएका उद्योगबाट पनि समयमै भुक्तानी नपाएको उनको भनाइ छ । उनले किसानलाई समयमै दुधको भुक्तानी गर्न उद्योगलाई आग्रह गरे ।