प्रदूषणका कारण श्वास फेर्न सकस

भारतको उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत सकस भएको छ ।

सम्बन्धित सामग्री

राजधानीमा फेरि फोहोर

पटक पटक देखिएको, भोगिएको अनि लेखिएको विषय हो – ‘काठमाडौँमा फोहोरको डुङ्गुर’ । अहिले फेरि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा फोहोर थुप्रिन थालेको छ। काठमाडौँ महानगरपालिका फोहोर उठाउन असमर्थ भएको छ। यस पटक पनि उही पुरानो ‘फोहोर’ को नियति भनौँ वा कथा दोहरिन थालेको छ। काठमाडौंमा। हिजोको ऐतिहासिक कान्तिपुरी नगरी अहिले फोहोर थुपारी राख्ने नगरका रूपमा नयाँ परिचय बनाउँदै गएको आभास हुन थालेको छ। काठमाडौँ सफा बनाउने नारा दिएर वषौँदेखि धेरैले राजनीतिक सफल खुड्किला चढे पनि राजधानीको अवस्था भने झनझनै नाजुक बन्दैछ। घर करेसादेखि सडक र नदी किनारा फोहोरले भरिएपछि नागरिकलाई स्वच्छ श्वास लिन सकस भएको छ।

विपन्नलाई उपचारमै सकस

झापा, मेचीनगर १२ का १९वर्षीय राजकुमार विश्वकर्मा विगत तीन वर्षदेखि बोनम्यारो (ब्लड क्यान्सर) सँग जुधिरहेका छन् । तीन वर्षअघि एसईई दिएर बसेका राजकुमारलाई अचानक हात खुट्टा गल्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या देखियो ।

कम गुणस्तरको बिजुलीले उद्योगलाई सकस

वीरगञ्ज । मुख्य औद्योगिक कोरिडोर बारा–पर्साका उद्योगहरू कम गुणस्तरीय बिजुलीको मारमा परेका छन् । केही वर्ष लोडशेडिङबाट मुक्ति पाएका यहाँका उद्योग अहिले अघोषित लोडशेडिङ र ट्रिपिङको समस्या झेलिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणले बारा र पर्साका उद्योगमा लोडशेडिङ नभएको बताएको छ । तर, विनासूचना घण्टौं विद्युत् आपूर्ति बन्द हुने गरेको उद्योगी बताउँछन् । पटकपटक हुने ट्रिपिङका कारण उद्योगको कच्चा पदार्थ खेर जाने र गुणस्तरमा समस्या देखिएको उद्योगीहरूको गुनासो छ । कोरिडोरका फलाम, कपडा, औषधि र भट्टीमा आधारित उद्योेगहरू बढी प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘उद्योग चलिरहेको बेला अचानक बत्ती जाँदा प्रोसेसमा रहेको कच्चा पदार्थ खेर जाने र उत्पादनको गुणस्तरसमेत घट्ने हुन्छ । बारम्बार विद्युत् जाँदा उद्योगका उपकरण बिग्रिनुका साथै विद्युत् पनि बढी खर्च हुन्छ,’ अर्का एक उद्योगीले भने । वीरगञ्ज–परवानीपुर प्रसारण लाइनको क्षमता कमजोर भएकाले विद्युत्को माग बढी भएका बेला ट्रिपिङ बढी भइरहेको प्राधिकरणले बताएको छ । प्रसारण लाइनको तारको क्षमताभन्दा बढी माग भएकाले ट्रिपिङको समस्या बढेको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले बताए ।    बारा–पर्सा कोरिडोरका उद्योगमा दिनहुँ झन्डै ८/१० पटक ट्रिपिङ भइरहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले तत्काल समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको छ । संघले आइतवार विज्ञप्ति निकालेर उद्योग प्रतिष्ठानमा गुणस्तरीय विद्युत् आपूर्तिको माग गरेको छ । एक समय १२ घण्टासम्मको लोडशेडिङ खेपेका उद्योगले केही समय राहतको श्वास फेरे पनि पुन: संकटतर्फ धकेलिएको संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले बताए । ‘केही वर्षदेखि विद्युत्को सहज उपलब्धताका कारण उद्योगहरू क्षमताअनुसार सञ्चालन भइरहेका थिए । केही दिनदेखि अत्यधिक ट्रिपिङले कच्चा पदार्थ नोक्सानी र उत्पादनको गुणस्तर बिग्रिन थालेको छ,’ गुप्ताले भने । परवानीपुर–वीरगञ्ज र औद्योगिक प्रतिष्ठानमा आपूर्ति दिइएको प्रसारण लाइन स्तरोन्नतिको काम भइरहेको प्राधिकरणका झाको भनाइ छ । सामान्यभन्दा गर्मी बढी भएको दिनमा ट्रिपिङ बढी भइरहेको पनि उनले बताए ।

माफिया राज

गरिबका घाउहरूमा डाक्टर केसीले मलमपट्टी लगाएको ऊ देख्न सक्दैन व्यथाले गलेका अभावले जलेका अनाथ-असहायहरूको आवाज डाक्टर केसीले बोलेको ऊ सुन्न सक्दैन ऊ अर्थात् यो देशको एउटा माफिया-राज !   उसका काला कर्तुतहरूको फेहरिस्त यति लामो भइसक्यो कि त्यो लम्बिदै-लम्बिदै मेरै छेउमा आइसक्यो थिच्न थालिसक्यो मेरै श्वासनली गुहार, मलाई श्वास फेर्न सकस भइसक्यो!   आँखै अघिल्तिर…