विपन्नलाई उपचारमै सकस

झापा, मेचीनगर १२ का १९वर्षीय राजकुमार विश्वकर्मा विगत तीन वर्षदेखि बोनम्यारो (ब्लड क्यान्सर) सँग जुधिरहेका छन् । तीन वर्षअघि एसईई दिएर बसेका राजकुमारलाई अचानक हात खुट्टा गल्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या देखियो ।

सम्बन्धित सामग्री

प्राविधिक शिक्षा अध्ययन गर्न विपन्नलाई छात्रवृत्ति

माध्यमिक शिक्षा परिषद (एसईई) मा ३ जिपिए ल्याउनुभएकी रचना प्राविधिक विषय अध्ययन गर्न राप्ती प्राविधिक शिक्षालयमा भर्ना हुनुभयो । कक्षा २ मा पढ्दा रचनाले बुवा गुमाउनु भएको थियो । जहान पाल्न सकस भएपछि रचनाकि आमा वैदेशिक रोजगारीमा जानुभयो ।

विपद्पीडित विपन्नलाई उपचारमा सकस

घरमाथिको कुलो थुनियो । पानी घरतिर आउन थाल्यो । कुलोको पानी फर्काउन गएका छबिसपाथीभेरा–१ गिठीपाटाका २४ वर्षीय रूपेश गिरी पहिरोमा परे । असार २७ को दिन भएको घटनामा उनलाई पहिरोले २० मिटर तल पुर्‍याएर घाइते मात्रै बनाएन, ढाड भाँचियो ।