ललितपुर : स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएका उम्मेदवारका विरुद्धमा उजुरी परेको छ।बैशाख ३० गते हुने निर्वाचनका लागि दिइएको उम्मेदवारीमा ललितपुर महानगरमा मेयर र उपमेयर दुवै पदमा उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।ललितपुरका सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको हो।महर्जन र शाक्यविरुद्ध परेको उजुरीको सुनुवाई बिहीबार साँझ हुने