धर्मकाय बुद्ध मण्डला निर्माणका लागि तीन करोड संकलन :: Pahilopost.com
पोखरा : कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म तीन करोड संकलन भएको छ।
मण्डला निर्माणका लागि…
खोटाङ – आगलागीमा ध्वस्त बनेको खोटाङको बाक्सिला बजारको पुनस्निर्माणका लागि अभियान थालिएको छ । सोमबार साँझ भएको आगलागीमा पाँच करोड बराबरको क्षती पुगेको बाक्सिला बजारको पुनः निर्माणका लागि पालिकाबासीले संयुक्त रुपमा हातेमालो गरेका हुन् । गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको संयोजवकत्वमा २१ सदस्यीय बाक्सिला बजार अग्नी पीडित राहत संकलन समिति बनाएर आगलागी पीडितको सहयोगार्थ अभियान थालिएको […]
सुर्खेत : एक दशकभन्दा बढी समय लागेर बनेको जिल्लाको जडिबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्र सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको केन्द्र सञ्चालनमा आउन नसकेको हो। ११ वर्षअघि अर्थात् २०६८ सालमा सुर्खेत उद्योग वाणिज्य संघले जडीबुटी संकलन, प्रशोधन तथा व्यवसाय सञ्चालन गर्ने उद्देश्यले केन्द्र निर्माण सुरु गरेको थियो। केन्द्र निर्माणका लागि निजी तथा साझेदारी मोडेलमा करिब चार करोड रुपैयाँ खर्च भएको छ।आयातमुखी बजार अर्थतन्त्रल
विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्नुका साथै कर संकलन अभियान सुरु गरेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे । चालू आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान […]
काठमाडौं । क्षेत्रपाटी निःशुल्क अस्पतालको नयाँ भवन निर्माणका लागि ‘हाम्रो मित्र यूवा समूह’ ले १ करोड ६८ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय सहयोगीहरुले अस्पतालको नयाँ भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् । भवन निर्माणका लागि सहयोग गर्ने सहयोगीदातालाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । सहयोगीदातालाई नेपाली […]
चालू आर्थिक वर्षको ६ महिनाको विकास निर्माणका लागि गरिने पुँजीगत खर्च जम्मा १३.४४ प्रतिशत मात्रै छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आवको पहिलो ६ महिनाको कुल खर्च नै जम्मा ३१.०३ प्रतिशत रहेको छ । यो अवधिमा सरकारले राजस्व भने ४५.९२ प्रतिशत उठाएको छ ।
सरकारले ६ महिनामा ५ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भएपनि खर्च भने गर्न सकेको छैन । सरकारले राजस्व उठाउने लक्ष्य चालू आवमा ११ खर्ब ८० अर्ब रहेको छ ।
सरकारले गर्ने पुँजीगत खर्च जम्मा ५० अर्ब ८० करोड छ । यो वर्ष सरकारले गर्ने यस्तो खर्चक...
गत वर्ष राज्यले रेमिट्यान्सबापत ७५ अर्ब २६ करोड राजस्व संकलन गरेको समाचारले मन आल्हादित हुनु स्वाभाविकै थियो । मुलुकको आर्थिक मेरुदण्डकै रूपमा रहेको रेमिट्यान्सले देशको आर्थिक गतिविधिलाई चलायमान राख्न धेरै हदसम्म सघाउँछ भन्ने कुरा जगजाहरै छ । अर्कातर्फ गरिब, निमुखा नेपाली जनतामाथि सरकारले चाहिँदो, नचाहिँदो कर र विकास–निर्माणका लागि भनेर अतिरिक्त कर लादेर ९ खर्ब […]
बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १९ अर्ब रुपैयाँ संकलन भएको छ ।
उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले इन्धनबाट सो रकम संकलन गरेको हो । इन्धन आयात हुने भन्सार बिन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँका दरले रकम संकलन गदै आएको छ । अप्रिलसम्म १९ अर्ब २१ करोड रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ ।
लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ।
अमेरिकी भूमिमा नेपाली सामुदायिक भवन एवं मन्दिर निर्माणका लागि हालै सम्पन्न श्रीमद् भागवत महापुराणबाट बोष्टन र नर्थ क्लारोलिनामा करिब १८ करोड रकम संकलन गरिएको छ । यसपटक अमेरिकाको आफनो पहिलो प्रवचनको रुपमा पंण्डित दिनबन्धु पोख्रेलले बोष्टनको महापुराणको नेतृत्व गरेका थिए ।